Thursday, August 5, 2021
Home खेलकुद ओलम्पिकः समयको कमीले गर्दा शूटरहरूले केवल २० मिनट अभ्यास गर्न पाए

ओलम्पिकः समयको कमीले गर्दा शूटरहरूले केवल २० मिनट अभ्यास गर्न पाए

२१ जुलाई २०२१: टोक्यो ओलम्पिक शुरु हुन केवल दुई दिन अघि भारतका १० मीटर एयर राइफल स्पर्धाका शूटरहरूले विभिन्न टीमहरूका निम्ति तय गरिएको समयले गर्दा ओसाका शूटिङ्ग रेञ्जमा केवल २० मिनट अभ्यास गर्ने मौका पाए। भारतका अन्य शूटरहरूले जहाँ दुई घण्टाभन्दा अधिक समय सम्म अभ्यास गरे त्यहीँ अपूर्वी चन्देला र इलावेनिल वलारिवान सहित राइफल शूटरहरूले आधा घण्टाभन्दा कम्ती समयट अ- भ्यास गर्न पाए। अपूर्वी र इलावेनिल २४ जुलाईको दिन प्रतिस्प- र्धामा ओर्लिनेछन्।
भारतीय राष्ट्रिय राइफल सङ्घ (एनआरएआइ)-को तर्फबाट बु- धवार भनियो, सबै प्रतिभागी देशका शूटरहरूले एउटै स्थानमा अभ्यास गरिरहेका छन्। यसैकारण प्रत्येक टीमको निम्ति समय निर्धारित गरिएको छ। यसैकारण यस्तो भयो। आज बिहानको अभ्यास सत्र दुईदेखि अढ़ाई घण्टासम्म चल्यो तर १० मीटर एयर राइफल टीमलाई केवल २०-३० मिनटको समय प्राप्त भयो। उल्लेखनीय छ, महिलाहरूका १० मीटर एयर राइफल स्पर्धाहरू शनिवार जबकि पुरुषहरूका स्पर्धा भोलिपल्ट शुरु हुनेछ। पुरुषहरूका १० मीटर एयर राइफल स्पर्धामा दीपक कुमार र दिव्यांश सिंह पंवारले भारतको प्रतिनिधित्व गर्नेछन्। प्राप्त जानकारी अनुसार, पहिलो दुई दिन स्पर्धा रहने आठजना भारतीय शूटरले शुक्रवार हुने ओलम्पिक खेलहरूको उद्घाटन समारोहमा हिस्सा लिनेछैनन्। यसमा अपूर्वी र इलावेनिलबाहेक १० मीटर एयर पिस्टलका शूटर सौरभ चौधरी र अभिषेक वर्मा को पहिलो दिन स्पर्धाहरू रहेको छ। मनु भाकर, यशस्विनी सिंह देसवाल, दीपक र दिव्यांशले दोस्रो दिन निशाना लगाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एय- रहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए।...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार