Thursday, October 21, 2021
Home खेलकुद आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको म्याचमा आयोजक टीमले गोलको वर्षा गरी जीत हासिल गऱ्यो। स्थानीय झोलुङ्ग खेल मैदानमा भएको टुर्नामेण्टको पूल बी-को म्याचमा शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लबले जयगाउँ युथ युनाइटेड एफसीलाई ५-०-ले पराजित गऱ्यो। विजेता टीमको निम्ति सुजल शेर्पाले ह्याट्रिक गरे। यसबाहेक पदम तामाङ र मिहिरले १-१ गोल छिराए। अब सोमवार खेलिने पूल ए-को म्याचमा कसमस युथ क्लब, २ नम्बर फेज सिक्सले मालबस्ती एफसी, गोरुबथानको चुनौती स्वीकार्नेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल क्रमशः २७ र २९ सेप्टेम्बरमा खेलिनेछ भने फाइनल म्याच २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता टीमलाई ट्रफीको साथमा ५० हजार र उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुख्यमन्त्री २४ अक्टोबर चार दिवसीय भ्रमणमा सिलगढी आउने

कोलकता। सिलगढी अनि पहाडमा बर्षाले भएको नोक्सानको जायजा लिन मुख्यमन्त्री ममता ब्यानर्जी आगामी २४ अक्टोबरको दिन चार दिवसीय भ्रमणमा सिलगढी अनि खरसाङ...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

Recent Comments

Farindra on राेजगार