Thursday, October 21, 2021
Home खेलकुद आइ लव निरपानियाँ पेनल्टी शूटआउटमा विजयी

आइ लव निरपानियाँ पेनल्टी शूटआउटमा विजयी

१९ सेप्टेम्बर २०२१। निरपानियाँ युवा सङ्घ (एनवाईएस), निरपानियाँको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्ट २०२१-को उद्घाटन म्याचमा आज आइ लव निरपानियाँले डुवर्स एकादशलाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। स्थानीय खेल मैदानमा आइतवार भएको यस म्याचमा नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। आजको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा एस पुन्नबलाम (डीएम दार्जीलिङ, आइएएस) तथा विशिष्ट अतिथिको रूपमा एसडीपीओ र बीडीओ मिरिक उपस्थित थिए।

अब सोमवार खेलिने म्याचमा प्रशान्त इलेभेन र नेपालको बीवाईसी, विर्तामोड़बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई बाल कृष्ण शर्मा स्मृति विनर्स ट्रफीको साथमा १.०१ लाख रुपियाँ अनि उपविजेता टीमलाई श्यामा माया छेत्री स्मृति रनर्स अप ट्रफी र ५१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै तेस्रो स्थानमा रहने टीमलाई भीम बहादुर सुब्बा स्मृति ट्रफीको साथमा २१ हजार रुपियाँको नगद पुरस्कार दिइनेछ। टुर्नामेण्टको फाइनल ११ अक्टोबरमा खेलिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुख्यमन्त्री २४ अक्टोबर चार दिवसीय भ्रमणमा सिलगढी आउने

कोलकता। सिलगढी अनि पहाडमा बर्षाले भएको नोक्सानको जायजा लिन मुख्यमन्त्री ममता ब्यानर्जी आगामी २४ अक्टोबरको दिन चार दिवसीय भ्रमणमा सिलगढी अनि खरसाङ...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

Recent Comments

Farindra on राेजगार