Sunday, September 19, 2021
Home क्षेत्रीय सीपीआरएमले भाजपालाई सहयाेग दिने

सीपीआरएमले भाजपालाई सहयाेग दिने

सिलिगुडी, ५ फरवरी २०२१: आज ता ५ फरवरीको दिन क्रामाकपा केन्द़िय कमिटी को सभापाटी॔ प्रमुख आर. बी. राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा केन्द्र कमिटी सदस्यहरु अनि दार्जीलिङ खरसाङ, कालेबुङ मिरिक बिजनबारी, तराई बाट महापरिषद, आञ्चालिक र जोनल सदस्यहरुको उपस्थिति थियो । सभामा देशको राजधानी दिल्लीमा किसानबील को विरुद्ध देशको बिभिन्न राज्यबाट किसानहरुको आन्दोलनलाई बलपूर्वक दबाउने केन्द्र सरकार को दमन र बब॔र नीतिको घोर आपत्ति जनाई सरकारलाई किसान आन्दोलन प्रति सम्वेदनशील बन्ने अपील गरयो।साथै आगमी विधानसभा चुनाव लिएर गठबंधनभित्र छलफल गरेर नै पार्टी को निण॔य हुनेछ। वर्तमान पहाड़को राजनैतिक गतिविधि हेर्दा हाम्रो जातिय मुद्धा र जनताको विविध समस्यालाई भन्दा बेसि दलगत स्वार्थलाई प्राथमिकता दिईरहेको भान हुदैछ।यो अवस्थामा पार्टीले लगातार जन सम्पर्क गर्ने र आगमी दिनमा जनसभा गरी पार्टी को अड़ान स्पष्ट पार्ने। यसरी नै पार्टी र सरकार को आड़मा शिक्षक नियुक्ति मा घोटाला गरि योग्य र सक्षम हरुको अधिकार खोस्ने अनि शिक्षाको गरिमालाई पैसामा बेच्ने यस्ता दलाल लाई कठोर कार्रवाई गरेर पर्दा पछि बसेर संचालन गर्ने यस्ता कुतत्वहरुलाई जड़ बाटै उखेल्ने प्रशासनसंग माग गरयो। आजको सभामा क्रामाकपा केन्द्रीय अध्यक्ष आर. बी. लगायत क्रामाकपा प्रवक्ता गोविन्द छेत्री, केन्द्रीय सदस्य आर पी पाख्रिन, नर्बु लामा , अरूण घतानीले सम्बोधन गरेका जानकारी अर्पण बान्तावा राईले दिएका छन्।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

आइ लव निरपानियाँ पेनल्टी शूटआउटमा विजयी

१९ सेप्टेम्बर २०२१। निरपानियाँ युवा सङ्घ (एनवाईएस), निरपानियाँको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्ट २०२१-को उद्घाटन म्याचमा आज आइ लव निरपानियाँले डुवर्स एकादशलाई...

पंजाबका नयाँ मुख्यमन्त्री बने दलित नेता चरणजीत चन्नी

सोमबार बिहान ११ बजे हुनेछ शपथ ग्रहण नयाँ दिल्लीl क्याप्टन अमरिन्दर सिंहले राजीनामा दिएको २४ घण्टापछि आखिरमा...

दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ, १९ सेप्टेम्बर २०२१। जिल्ला प्रशासनको डेली रिपोर्ट अनुसार, आज एक दिनमा कुल २३ जना दार्जीलिङ जिल्ला मा कोरोनाले संक्रमित भएको जानकारी छ।

राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

गान्तोक, १९ सेप्टेम्बर २०२१। सिक्किममा गत २४ घण्टामा कोरोना संक्रमणको ६२ नयॉं मामिला अघि आएको छ भने कोरोनाको संक्रमणबाट आज कसैको मृत्यु...

Recent Comments

Farindra on राेजगार