Sunday, December 5, 2021
Home क्षेत्रीय सिलगुढी देवकोटा संघको "सम्वाद समय"

सिलगुढी देवकोटा संघको “सम्वाद समय”

सिलगुढी, २१ फरवरी २०२१: सिलगुढी देवकोटा संघको साहित्य अनि शिक्षा उपसमिति को आयोजनामा आज देखि “सम्वाद समय” को कार्यक्रम संघको अडिटोरियममा सम्पन्न भयो। कार्यक्रम मा संघका सभापति श्री मिलन रूचाल र सचिव पि. टि. यल्मो लगायत संघको सदस्यहरु उपस्थित हुनु हुन्थ्यो।
कार्यक्रम मा सर्वप्रथम सभापति श्री मिलन रूचाल द्वारा गुरु वन्दना गरेर सुभारम्भ गरियो। कार्यक्रम मा जितेन सुनचोरी र श्याम प्रधान ले कविता पाठ गरे भने श्रीमती मिरा गजमेर अरोड़ा ले नेपाली र हिन्दी कविता पाठ गरे। सचिव श्री पि. टि. यल्मो, श्री ज्ञानेन्द्र खतिवडा र श्याम कुमार प्रधान ले मीठो कथा र वक्तव्य राख्नु भयो। श्री किरण घिमिरे र बलराम गजमेर ले पीठो गीत गाउनुभयो। श्री पारसमणि छेत्री र श्री महेश प्रधान ले उहाँहरुले जीवन मा भोगेको अनुभव बाड्नु भयो।
अन्तमा सभापति श्री मिलन रूचाल द्वारा भगवान् बुद्ध र आदि शंकराचार्य का दर्शन बारे छोटकरीमा चर्चा गर्दै आदि शंकराचार्य द्वारा रचिएको निर्वाण षटकम पाठ गरेर अर्थ बताउनुभयो।
यो संम्वाद समय कार्यक्रम बहुआयामिक कार्यक्रम हो र यो कार्यक्रम मा साहित्य संगीत लगायत सम्पूर्ण कुराहरूलाई प्राथमिक ता दिइन्छ अनि यो कार्यक्रम प्रत्येक महिनाको तेस्रो शनिबार समय ३ बजे देखि आरम्भ गरिन्छ।
श्याम प्रधान
संयोजक साहित्य र शिक्षा उपसमिति
सिलगुढी देवकोटा संघ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

मुख्यमन्त्री र राज्यपालद्वारा नेवी दिवसको अवसरमा शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल जगदीप धऩखड़ले नौसेना कर्मीहरूलाई नेवी दिवसको अवसरमा शुभकामना दिएका छन्। शनिबार मुख्यमन्त्रीले ट्वीट गरेर भारतीय नेवी दिवसको...

खरानी भयो आठ बिघा धानको फसल

जलपाईगढ़ी: राजगञ्ज ब्लकमा हिजो राति भीषण अग्निकाण्डमा आठ बिघा धानको फसल जलेर खरानी भएको छ। घटना राजगञ्ज ब्लक शिकारपुर ग्राम पञ्चायतअन्तर्गत ढेराबाड़ी...

Recent Comments

Farindra on राेजगार