Sunday, December 5, 2021
Home क्षेत्रीय सरकारी कर्मचारीहरूको बहुप्रतीक्षित माग 'पेन्शनमा वृद्धि' बङ्गाल सरकारद्वारा घोषणा

सरकारी कर्मचारीहरूको बहुप्रतीक्षित माग ‘पेन्शनमा वृद्धि’ बङ्गाल सरकारद्वारा घोषणा

कोलकाताl पश्चिम बङ्गाल सरकारले सरकारी कर्मचारीहरूको बहुप्रतीक्षित माग ‘पेन्शनमा वृद्धि’ को घोषणा गरेको छ। बिहीबार राज्य सचिवालयको तर्फबाट यस बापत निर्देशिका जारी गरिएको छ। यसमा घोषणा गरिएको छ कि छैठौं वेतन आयोगको सिफारिशहरू अनुसार, पारिवारिक पेन्शनलाई अधिकतम स्तरमा गरिएको छ। पहिले सेवानिवृत्त सरकारी कर्मचारीहरूलाई केवल ३६०० रूपियाँको पारिवारिक पेन्शन प्राप्त हुन्थ्यो अर्थात् सेवानिवृत्त सरकारी कर्मचारीको मृत्युपछि उसकी पत्नी अथवा सन्तानलाई सर्वाधिक ३६०० रूपियाँको पेन्शन प्राप्त हुन्थ्यो। अब यसलाई बढ़ाएर ९००० हजार गरिएको छ। राज्यको वित्त विभागमा यस सम्बन्धमा जुन निर्देशिका जारी गरेको छ, त्यसमा यसको पनि उल्लेख गरिएको छ कि सेवानिवृत्त सरकारी कर्मचारीको मृत्युपछि पेन्शन उसकी पत्नी, पति, आमा- बाबू, अविवाहित अथवा विधवा वा सम्बन्ध विच्छेद भएकी छोरी (२५ वर्षभन्दा कम आयु) लाई नै प्राप्त हुनेछ। बाकी पारिवारिक पेन्शन दिने मामिलाहरूमा पहिले जस्तै शर्तहरू लागू रहनेछ। सरकारी कर्मचारीको नोमिनीमा जसको नाम रहनेछ केवल उसैले पेन्शन पाउनेछ। अन्यले पेन्शन पाउनको निम्ति वैध दस्तावेजहरूको साथ आवेदन गर्नपर्नेछ, जसको जाँचपछि नयाँ नियम अनुसार, पेन्शन दिइनेछ। उल्लेख्य, लामो समयदेखि राज्यका सेवानिवृत्त सरकारी कर्मचारीहरूले पेन्शनमा वृद्धिको माग गरिरहेका थिए। यस सम्बन्धमा कोर्टको आदेश भएपनि राज्य सरकारले क्रियात्मक कदम उठाएको थिएन जसलाई लिएर रोष बढ्दै गईरहेको थियो। अब नयाँ निर्देशिकाले सरकारी कर्मचारीहरूमा खुशीको लहर छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नागाल्याण्डमा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु

नागाल्याण्ड: नागाल्याण्डको मोन जिल्लामा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु भएको समाचार अघि आएको छl शनिबार साँझ ओटिङ्ग क्षेत्रमा भएको घटनापछि...

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

मुख्यमन्त्री र राज्यपालद्वारा नेवी दिवसको अवसरमा शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल जगदीप धऩखड़ले नौसेना कर्मीहरूलाई नेवी दिवसको अवसरमा शुभकामना दिएका छन्। शनिबार मुख्यमन्त्रीले ट्वीट गरेर भारतीय नेवी दिवसको...

Recent Comments

Farindra on राेजगार