Thursday, October 21, 2021
Home क्षेत्रीय विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई तकभरवासीले भव्य स्वागत जनाए। बाइकहरूले एस्कर्ट गर्दै पार्टीका नेतृत्वहरुलाई सभा स्थलसम्म पुऱ्याएका थिए। बाइकको लश्कर पातलेबाँस आइपुग्दा मानिसहरू उनको स्वागत गर्न बाटोमा खादा-माला लिएर उभिएका थिए।

उल्लेखनीय छ, पातलेबाँस, तकभर गोजमुमो अध्यक्ष विमल गुरुङको गढ मानिन्छ। अनित थापालाई यस्तो भव्य स्वागत विमल गुरुङको गढमा हुनु कुनै मामूली घटना होइन भनी भागोप्रमोका पार्टी समर्थकहरूले दाबी गरेका छन्। समर्थकहरूले यो स्वागत अनित थापाको जीत हो, अनित थापाले जनताको मन जितेको प्रमाण हो भनी दाबी गरेका छन्। सभामा भाग लिनु आएका एक महिलाले भनिन्, ‘हामी बिमल दाज्युको कट्टर समर्थक थियौं, हामीले अनित सरको काम हेऱ्यौं, उनको कुरा सुन्यौं, हामी धेरै आकर्षित भयौं, त्यसैले आज बजार नगएर सभामा जाँदैछौं।’ अनित थापाको साथमा पार्टीका केन्द्रीय महा सचिव अमर लामा पनि थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुख्यमन्त्री २४ अक्टोबर चार दिवसीय भ्रमणमा सिलगढी आउने

कोलकता। सिलगढी अनि पहाडमा बर्षाले भएको नोक्सानको जायजा लिन मुख्यमन्त्री ममता ब्यानर्जी आगामी २४ अक्टोबरको दिन चार दिवसीय भ्रमणमा सिलगढी अनि खरसाङ...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

Recent Comments

Farindra on राेजगार