Sunday, September 19, 2021
Home क्षेत्रीय विधायक गोलेले गरे लिम्बू भवनको निरीक्षण

विधायक गोलेले गरे लिम्बू भवनको निरीक्षण

गान्तोक, ४ अगस्त २०२१: सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक अदित्य गोले, संस्कृत विभागका सचिव डीबी रावत, महकुमा अधिकारी रञ्जन राई, अतिरिक्त जिल्लापाल गयास पेगा लगायत अन्य अधिकारीहरूले थर्पुमा रहेको लिम्बू भवनको हालमा रहेको सम्पतिको निरीक्षण गरे। निरीक्षणको क्रममा टोलीले सिरिजङ्गा याकथुङ डाखुम फुजुम्बोका अध्यक्ष सुकबीर लिम्बूसँग बैठक गरे।

यस अवसरमा विशेष गरेर लिम्बू भवनको अस्तित्वमा रहेको सम्पति लगायत अन्य विषयमा छलफल गरेको जानकारी प्राप्त भएको छ। बैठकलाई सम्बोधन गर्दै विधायक गोलेले यस क्षेत्रमा पूर्वधारको विकास गर्दै पर्यटन क्षेत्रकोरूपमा विकास गर्ने बताए। यसो गर्नाले यहाँबाट राजस्व आएपछि अझ यस ठाउँलाई विकास गर्न सकिने अवगत गराए। यहाँ पर्टकहरूको आगमन संख्यामा वृद्धि भएपछि स्थानीयहरूले काम पाउने जनाए। उनको भनाइ अनुसार सरकार अथवा सार्वजनिक सम्पतिको संरक्षण गर्नमा स्थानीयहरूको अहंम भूमिका रहने छ। यदि सरकारी सम्पतिको कसैले पनि नष्ट गरेको खण्डमा समितिले कडा कार्वाही गर्नु पर्ने निर्देश दिए। यसै क्रममा टोलीले सिङलिङमा साइन्स सिटीको निर्माणको निम्ति प्रस्तावित जमीनको पनि निरीक्षण गर्दै विभिन्न विषयमा छलफल गरेको जानकारी गराइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

पंजाबका नयाँ मुख्यमन्त्री बने दलित नेता चरणजीत चन्नी

सोमबार बिहान ११ बजे हुनेछ शपथ ग्रहण नयाँ दिल्लीl क्याप्टन अमरिन्दर सिंहले राजीनामा दिएको २४ घण्टापछि आखिरमा...

दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ, १९ सेप्टेम्बर २०२१। जिल्ला प्रशासनको डेली रिपोर्ट अनुसार, आज एक दिनमा कुल २३ जना दार्जीलिङ जिल्ला मा कोरोनाले संक्रमित भएको जानकारी छ।

राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

गान्तोक, १९ सेप्टेम्बर २०२१। सिक्किममा गत २४ घण्टामा कोरोना संक्रमणको ६२ नयॉं मामिला अघि आएको छ भने कोरोनाको संक्रमणबाट आज कसैको मृत्यु...

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

Recent Comments

Farindra on राेजगार