Thursday, August 5, 2021
Home क्षेत्रीय लाल बजार वार्डका कागज पत्र नभएकाहरूलाई पनि कोरना खोप लगाइयो

लाल बजार वार्डका कागज पत्र नभएकाहरूलाई पनि कोरना खोप लगाइयो

गान्तोक, २१ जुलाई २०२१: राज्यको केही महिनादेखि कोरोना खोप लगाउने कार्य युद्धस्तरमा सम्पन्न भइरहेको छ। राज्यको विभिन्न वार्डस्तरसम्म कोरोना खोप लगाउने कार्यलाई तीब्रग- तिमा अघि बढाइरहेको छ। यस भन्दा अघि परिचय पत्र भएका हरूलाई मात्र खोप लगाउँदै आइरहेको थियो भने १९ जुलाई देखि राजधानीस्थित ठाकुरबाडीमा कागज पत्र अर्थात परिचय पत्र जस्तै आधार कार्ड, भोटर कार्ड नभएकाहरू लाई पनि को- रोना खोप लगाउन शुरू गरिएको लाल बजार वार्डका पार्षद अशोक प्रसादले जानकारी गराए।

उनले बताए अनुसार १९ जुलाइदेखि लाल बजार वार्डका परि- चय पत्र नभएकाहरूलाई पनि खोप लगाउने कार्य शुरू गरि- एको अवगत गराए। यसरी नै भोलिदेखि एमजी मार्गमा मानि- सहरूलाई पनि खोप लगाउने योजना रहेको उनले पत्रकारह- रूलाई बताएका छन्। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको निर्देश बमोजिम कागज पत्र नभएकाहरूलाई पनि कोरोना खोप लगाउने कार्य शुरू गरिएको उनको भनाइ रहेको छ। लाल बजा- र वार्डबाट तीन दिनमा ५ सय जनाले कोरोना खोप लगाएको पार्षद अशोक प्रसादले किटान गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एयरहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए। उनले...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

Recent Comments

Farindra on राेजगार