Tuesday, January 18, 2022
Home क्षेत्रीय मङपुको जनसभाबाट बिनय खेमा गोजामुमो उम्मेदवारको नाम घोषणा, ...

मङपुको जनसभाबाट बिनय खेमा गोजामुमो उम्मेदवारको नाम घोषणा, दार्जिलिङबाट केशवराज पोख्रेल; कालेबुङबाट रुदेन शादा लेप्चा अनि खरसाङ विधानसभा क्षेत्रबाट छिरिङ दाहाललाई उम्मेद्बारको रूपमा खडा गरिएको छ

मङपु, २१मार्च (केशर तामाङ): राज्यको २९४ विधानसभा आशन मध्ये २९१ उम्मेदवारको नाम टीएमसीले अधिबाट नै घोषणा गरिसकेका छन् भने राज्यका मुख्यमन्त्री ममता ब्यनरजीले पहाडको तीनवाट दार्जीलिङ; कालेबुङ अनि खरसाङ विधानसभा क्षेत्रमा भने स्थानीय घट्क दल गोजामुमोलाई नै आफ्नो उमेदवार खडा गर्नको निम्ति तीनवाट उम्मेदवारको सीट छोडीदिएको थियोे। यस तीनवाट क्षेत्रका उम्मेद्बारहरु नाम आज गोजामुमो २ ले मङपु जनमैदानको जनसभाबाट घोषणा गरेका छन्। तीन जना उम्मेद्बारको नाम संगै पार्टीले चुनावी घोषणा पत्र पनि मङपु जनसभाबाट सार्वजनिक गरेको छ। आजको सभामा गोजामुमो अध्यक्ष बिनय तामाङ; पार्टी सचिव एवं जीटए अध्यक्ष अनिता थापा अनि पार्टीका शीर्ष नेतृत्ववर्ग उपस्थित थिए। अध्यक्षता सप्पन्न भएको आजको सभाको संचालन गरेका थिए। गोजामुमो २ ले दार्जिलिङबाट पार्टीको उम्मेद्बार केशव पोख्रेल खरर्साङबाट छिरिङ दाहाल  अनि कालेबुङ विधानसभा आसानबाट रुदेन शादा लेप्चालाई चुनावी मैदानमा पार्टीको प्राथीको रूपमा  उतारेका छन्। यसरी पार्टीले चुनावी घोषणा पत्रमा सुत्री मागलाई  लिएर अघि आएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बलिउड फिल्ममा खलनायकको अमिट छाप बसाल्ने लोकप्रिय अभिनेता ‘डेनी’

मुम्बई: बलिउड फिल्महरू खलनायक बिना अधुरो मानिन्छ र यो चलन ६० को दशकदेखि चल्दै आएको छ। खासगरी ८० र ९० को दशकमा...

नागरिकता अधिनियम लागु गर्ने मागमा पार्टीसित क्षुब्ध भाजपा नेता

कोलकता। राज्य विधानसभा चुनावमा कड़ा प्रतिस्पर्दापछि भाजपाको असुविधा कम हुने नाम लिइरहेको छैन। अब पार्टीबाट क्षुब्ध मतुआ समुदायको वरिष्ठ नेता आफ्नो केन्द्र...

कालेबुङ क्षेत्रको बेग्लाबेग्लै ठाउँमा २ वटा घर जलेर खरानी

  कालेबुङ: कालेबुङ ग्राम पञ्चायत अधिनस्थ ८ माइल नर्सरी गाउँ निवासी अम्बर बहादुर छेत्रीको घर राती २ बजे  आगलागी हुँदा खरानी भएको छ।...

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

Recent Comments

Farindra on राेजगार