Thursday, October 21, 2021
Home क्षेत्रीय भोली मिरिक पनि पूर्णरूपमा लकडाउन रहने,मिरिक थानाद्वारा गरियो माईकिङ

भोली मिरिक पनि पूर्णरूपमा लकडाउन रहने,मिरिक थानाद्वारा गरियो माईकिङ

मिरिक:26 अगस्त (निसं) पश्चिम बंगाल सरकारले अगावै तय गरेको मितिअनुसार 27 अगस्त बिहीबारको दिन पनि राज्यव्यापी रूपमा लकडाउन रहने छ। जसका लागि आज मिरिक थाना पुलिसले पनि मिरिक बजार,कृष्णनगर अनि सौरेनी बजारमा माईकिङ गर्दै भोली अन्यत्र सरह मिरिक पनि पूर्ण रूपमा लकडाउन रहने जनसाधारणलाई अवगत गराएका छन्। मिरिक थानाका एसआई सुजित कुमार लोहारले बिहीबारको दिन पूर्ण रूपमा लकडाउन रहने अवगत गराउदै उक्त दिन सबैलाई लकडाउनको पालन गरिदिने आह्वान गरेका छन्। कोभिड 19 को प्रकोपलाई रोक्नका लागि सरकारले यस प्रकारको पहल चालेको बताउदै राज्यको विभिन्न स्थानहरूमा हाल संक्रमितहरूको संख्यामा पनि वृद्धि भइरहेको बताए। तथापि जनसाधारणले प्रशासनको आह्वानलाई स्वीकार गरेकोले नै पहाडमा धेरै संक्रमितहरूको संङ्ख्यामा वृद्धि नआएको उनले बताए। हाल मिरिक सामान्य रहे तापनि लकडाउनको पालन गर्दै मिरिकलाई संक्रमनदेखि मुक्त राखिदिने उनले अपिल गरेका छन्। यता लकडाउन अवधि कसैलाई पनि विना काममा यताउता नहिँडी दिने र आवश्यक काम परे मात्र बजार आइदिने उनले जनसाधारणलाई अवगत गराए। यसबाहेक यदि कसैले लकडाउनको उल्लङ्घन गरे उनीहरूविरूद्ध कानुनी कार्वाही गरिने पनि लोहारले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

मन्त्री सामडुप लेप्चाद्वारा पैहोग्रस्त क्षेत्रको निरीक्षण

गान्तोक। भारी वर्षाको कारण सिक्किमभर धेरै सडक पूर्वाधार क्षतिग्रस्त बनेको छ। य सडक तथा पुल विभाग मन्त्री सामडुप लेप्चाले  आज रम्फू पुलको...

Recent Comments

Farindra on राेजगार