Thursday, August 5, 2021
Home क्षेत्रीय भोटे बस्तीमा कोरोना टीकाकरणको शिविर सम्पन्न

भोटे बस्तीमा कोरोना टीकाकरणको शिविर सम्पन्न

कालचिनी, २२ जुलाई २०२१: कालचिनी बीडीओ प्रशान्त बर्म- नले गत सप्ताह अघि राजाभातखावा ग्राम पञ्चायत अन्तर्गत पर्ने भोटे बस्तीमा जीआर वितरण गर्न जाँदा कोरोना टीकाकरण शिविर गाउँमा सम्पन्न गर्ने वाचा दिए अनुरुप आज निर्धारित मिति अनुरुप कालचिनी खण्ड र अलिपुरद्वार एक नम्बर ब्लक सिमान्तमा पर्ने राजाभातखावा ग्राम पञ्चायत क्षेत्र अन्तर्गत रहेको भोटे बस्ती गाउँमा टीकाकरण शिविर सम्पन्न गऱ्यो।
आज सो शिविरमा स्वयं कालचिनी बीडीओ प्रशान्त बर्मन लगा- यत स्वास्थ्य विभागबाट पियाली मजुमदार, राजाभातखावा नो- डल अधिकारी विनय शील, राजाभातखावा ग्राम पञ्चायतका उपप्रधान मीना राभा एवम् बीडीओ स्टाफहरूको उपस्थिति रहेको थियो। शिविरमा १८ बर्षदेखि उँभोका सबैलाई प्रथम डोजको खोप लगाईएको थियो भने केही दोस्रो डोज पर्खिएर बसेकाहरूलाई पनि खोप प्रदान गरिएको बीडीओ प्रशान्त बर्मनले जनाएका छन्। आज भोटे बस्ती लगायत संलग्न क्षेत्रका बासिन्दाहरूले पनि आएर टीकाकरणको लाभ उठाएको थियो भने गाउँमा यसरी बीडीओ प्रशान्त बर्मनले दिएको वाचाअ- नुसार आज खोप लगाउन पाउँदा ढुक्क लागेको भोटे बस्तीका बासिन्दाहरूले बीडीओ प्रशासनलाई आभार व्यक्त गरेका छन‌्। गाउँले समाजसेवी राजेन छेत्रीले कालचिनी बीडीओ कार्यालय र राजाभातखावा ग्राम पञ्चायत पुग्न भोटे बस्ती बासिन्दाहरू लाई निकै गाह्रो पर्ने समस्यालाई बुझेर बीडीओ प्रशान्त बर्मनले यसरी आज गाउँमा नै टीकाकरण शिविर लगाएकोले गाउँलेहरू लाभान्वित भएको र बीडीओ साहेबको पहलमा गत सप्ताह मात्र गाउँलेहरूले १५ किलोग्राम गरेर जीआरको चामल पनि थापेको र आज फेरि टीकाकरणको सुविधा गाउँलेहरूले प्राप्त गरेको जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार