Sunday, December 5, 2021
Home क्षेत्रीय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र लेखेका छन्। तिनले पत्रमा पहाड़मा वर्षाले पुऱ्याएको क्षति सामान्य नरहेको बताउँदै यस क्षतिलाई पूर्ति गर्न सरकारपक्षले पहल गर्नु आवश्यक रहेको अवगत गराएका छन्। थापाले सरकारले पहाड़मा राहत कार्यको पहल चाँड़ोभन्दा चाँड़ो शुरु गरियोस् भन्ने माग पनि आफ्नो पत्रमा गरेका छन्।

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले यस दुःखद घड़ीमा यहाँका वासिन्दाहरूलाई राहत पुऱ्याउने पहल अवश्य गर्ने छन् भनी उनी विश्वास व्यक्त गरेका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आपदाको मूल्याङ्कन गर्न आपदा कमिटीलाई ठाउँ ठाउँमा पठाएको पनि बताएका छन्। कुनै पनि पीड़ित परिवार राहतबाट वञ्चित नहोस। उनले हेल्प डेस्क नम्बरमार्फत् सहयोग पुऱ्याउन भरमग्दुर कोशिश गरिरहेको र यो दुःखको समयलाई एकजुट भएर सामना गर्नुपर्छ भनी आह्वान पनि गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

मुख्यमन्त्री र राज्यपालद्वारा नेवी दिवसको अवसरमा शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल जगदीप धऩखड़ले नौसेना कर्मीहरूलाई नेवी दिवसको अवसरमा शुभकामना दिएका छन्। शनिबार मुख्यमन्त्रीले ट्वीट गरेर भारतीय नेवी दिवसको...

खरानी भयो आठ बिघा धानको फसल

जलपाईगढ़ी: राजगञ्ज ब्लकमा हिजो राति भीषण अग्निकाण्डमा आठ बिघा धानको फसल जलेर खरानी भएको छ। घटना राजगञ्ज ब्लक शिकारपुर ग्राम पञ्चायतअन्तर्गत ढेराबाड़ी...

Recent Comments

Farindra on राेजगार