Thursday, August 5, 2021
Home क्षेत्रीय भाजपा विधायक सुमन काञ्जीलाल विरुद्ध खनिए पुर्व विधायक सौरभ चक्रवर्ती

भाजपा विधायक सुमन काञ्जीलाल विरुद्ध खनिए पुर्व विधायक सौरभ चक्रवर्ती

कालचिनी, २२ जुलाई २०२१: विद्युत कार्यालयमा नौकरी लगा- ईदिने भन्दै धेरैको रकम लिनेहरूसित उठबैठ सम्बन्ध रहेको वर्तमान अलिपुरद्वारका भाजपा विधायक सुमन काञ्जीलालले विधायक पदबाट राजीनामा दिनुपर्छ भन्दै आज अलिपुरद्वारका पुर्व विधायक तथा तृणमूल जिल्ला नेता डा. सौरभ चक्रवर्तीले पत्रकार सम्मेलनमा बताएका छन्। अलिपुरद्वार जिल्ला तृणमूल कार्यालयमा पत्रकार सम्मेलन गर्दै आज पूर्व विधायक डा. सौ- रभ चक्रवर्तीले भाजपा विधायक सुमन काञ्जीलालको सम्बन्ध नौकरी लगाइदिने भन्दै जनसाधारणको पैसा ठग्ने गिरोहसित रहेको र विगत विधानसभा चुनाउमा पनि विधायक सुमन का- ञ्जीलालले त्यही ठगीको रकम खर्च गरेको पनि डा. सौरभ चक्रवर्तीले आरोप लगाएका छन्। पत्रकारहरूलाई विधायक सुमन काञ्जीलाल भर्खरैमात्र विधायक भएको तर तिनी विरुद्ध अहिले पैसा ठगीको आरोप उठ्न थालेको र नीतिगत औ कानु- नी रुपमा विधायक सुमन काञ्जीलालले विधायक पदबाट पदत्याग गर्नुपर्ने र पुनः निर्वाचन गरिनुपर्ने दाबी पूर्व विधायक डा. सौरभ चक्रवर्तीले गरेका छन्।

अहिले मात्र शिशु अवस्थाको विधायकले यसरी नौकरीको प्रलोभन दिएर मानिसहरूको रकम र भोट जितेर विधायक बनेको ठोस प्रमाण आफूसित रहेको र यस विरुद्ध विधान सभाको स्पीकर समक्ष ज्ञापन चढ़ाइने र मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष पनि यसको विवरण पठाइने औ कानुनी पदक्षेपको निम्ति पुलिस समक्ष जाने डा. सौरभ चक्रवर्तीले जनाएका छन्। यता यस सम्बन्धमा विधायक सुमन काञ्जी- लालको कुनै मन्तव्य समाचार लेखुञ्जेल प्राप्त भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एय- रहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए।...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार