Tuesday, January 18, 2022
Home क्षेत्रीय तीनजनालाई कोरोना सङ्क्रमणपछि मिरिकमा पूर्ण लकडाउन

तीनजनालाई कोरोना सङ्क्रमणपछि मिरिकमा पूर्ण लकडाउन

मिरिकः मिरिक बजारमा तीनजना कोरोना सङ्क्रमित बनेका पुष्टि भएको छ। तीनजनालाई कोरोना सङ्क्रमणको पुष्टिपछि मिरिक बजारमा पूर्ण लकडाउन आजदेखि पालन गरियो। मिरिक व्यवसाय सङ्गठन, मिरिक बजार मोनिटरिङ कमिटीले मिरिकलाई कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित राख्न तीन दिन मिरिक बजारमा पूर्ण रूपले लकडाउन गर्ने निर्णय लिएको छ। लकडाउन अवधि मिरिक बजारका सम्पूर्ण दोकानहरू बन्द रहे वाहनहरूको चलाचल हुने छैन। लकडाउन अवधि मिरिक बजार अनि कोरोना सङ्क्रमित व्यक्तिहरूको घरहरूलाई सेनिटाइज गरिने कार्य मिरिक अग्निशमन केन्द्रका कर्मचारीहरूले गरेका छन्। यस कार्यमा मिरिक बजार व्यवसाय सङ्गठनका अध्यक्ष सौराज गोले, मिरिक नगरपालिका वार्ड नम्बर दुईका नगर पार्षद पुनम विश्व, मिरिक बजार मोनिटरिङ कमिटी अध्यक्ष सेवन राई उपस्थित थिए।

नगर पार्षद पुनम विश्वले मिरिकमा तीनजनालाई कोरोना सङ्क्रमित भेटिएपछि मिरिक व्यवसाय सङ्गठन अनि मिरिक बजार मोनिटरिङ कमिटीको निर्णयमा आजदेखि मिरिक बजारमा तीन दिनका लागि पूर्ण लकडाउन पालन गरिएको बताए। यस अवधिमा मिरिक बजारका सम्पूर्ण दोकान, ब्याङ्क, एटीएम आदि सेनिटाइज गरिने कार्य पनि गरिएको तिनले बताए। तिनले मिरिक बजारलाई सेनिटाइज गर्न आरम्भदेखि नै मिरिक अग्निशमन केन्द्रका कर्मचारीहरूले सक्रिय भूमिका पालन गरिरहेको जानकारी गराँउदै अग्निशमन केन्द्रका कर्मचारीहरूप्रति आभार प्रकट गरेका छन्।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बलिउड फिल्ममा खलनायकको अमिट छाप बसाल्ने लोकप्रिय अभिनेता ‘डेनी’

मुम्बई: बलिउड फिल्महरू खलनायक बिना अधुरो मानिन्छ र यो चलन ६० को दशकदेखि चल्दै आएको छ। खासगरी ८० र ९० को दशकमा...

नागरिकता अधिनियम लागु गर्ने मागमा पार्टीसित क्षुब्ध भाजपा नेता

कोलकता। राज्य विधानसभा चुनावमा कड़ा प्रतिस्पर्दापछि भाजपाको असुविधा कम हुने नाम लिइरहेको छैन। अब पार्टीबाट क्षुब्ध मतुआ समुदायको वरिष्ठ नेता आफ्नो केन्द्र...

कालेबुङ क्षेत्रको बेग्लाबेग्लै ठाउँमा २ वटा घर जलेर खरानी

  कालेबुङ: कालेबुङ ग्राम पञ्चायत अधिनस्थ ८ माइल नर्सरी गाउँ निवासी अम्बर बहादुर छेत्रीको घर राती २ बजे  आगलागी हुँदा खरानी भएको छ।...

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

Recent Comments

Farindra on राेजगार