Thursday, August 5, 2021
Home क्षेत्रीय तामिलनाडु राज्यमा काम गर्न गएको राजु पासवान घर फर्किएर आएनन

तामिलनाडु राज्यमा काम गर्न गएको राजु पासवान घर फर्किएर आएनन

कालचिनी, २२ जुलाई २०२१: गत ४ जुलाईको दिन तामिलनाडु राज्यको निलगिरी जिल्लाको कोतागिरीमा काम गर्न गएको का- लचिनी स्टेशन लाईन निवासी राजु पासवान, उमेर ३५, तामिल- नाडु पुगेर अचानक निखोज भएपछि निखोज राजु पासवानको भाई अशोक पासवानले कालचिनी थानामा निखोज प्राथमिकी दर्ता गरेको छ।

निखोज राजु पासवानको भाई अशोक पासवानले बताए अनु- सार दाजु राजु पासवान गत ४ जुलाईको दिन घरबाट तामिल- नाडु राज्यको निलगिरी जिल्ला अन्तर्गत कोतागिरी प्रस्थान भएको थियो तर उता पुगेर ७ जुलाईको दिनदेखि अचानक निखोज हुन पुगेको थियो र यसरी दाजु हराएको खबर सुनेर पहिला त्यहाँ काम गर्ने सहकर्मीहरूले खोज चलाएको थियो तर पछि केही दिन अघिमात्र दाजुको फोटो छापिएको एउटा तामि- ल समाचारपत्रमा राजु पासवानको फोटो छापिएको भेटिएको तर के लेखेको हो त्यो बुझ्न नसकिएको भाई अशोक पासवानले जनाएका छन्। जसरी हुन्छ दाजु राजु पासवानको खोजी गरेर घर ल्याइदिने निवेदन भाई अशोक पासवानले थाना समक्ष अनि कालचिनीको कृपा एनजीओसित गरेका छन्।

यता यस सम्बन्धमा कृपा एनजीओका सचिव डा. कमल कु- जूरले तामिलनाडु राज्यको निलगिरी जिल्लामा काम गर्न गएको राजु पासवानको खोजी नचलेकोले निखोजको भाई अशोक पासवानले थानालाई बारम्बार गुहार लगाइरहेको र केही सिप नचल्दा कृपा एनजीओलाई गुहार माग्न आएकोले निखोज राजु पासवानको खोजी चलाउन तामिलनाडुको सहयोगी सङ्गठन हरू सित सम्पर्क चलिरहेको र निखोज राजु पासवानको फोटो दिएर तामिलनाडुको एउटा समाचारपत्रमा पनि समाचार आए को प्रतिलिपि प्राप्त भएको तर तामिल भाषामा छापिएको उक्त समाचारको आशय बुझ्न नसकिएकोले यसलाई बुझ्ने प्रयास चलाईरहेको जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार