Thursday, October 21, 2021
Home क्षेत्रीय डा. भीमराव अम्बेडकरको १३०औं जन्मजयन्ति पालन

डा. भीमराव अम्बेडकरको १३०औं जन्मजयन्ति पालन

मिरिक, १४ अप्रेल २०२१: अखिल भारतीय नेपाली अनुसूचित जाति संघ मिरिक महकुमाको आयोजनामा यहाँको भारतीय नेपाली सार्की समाज भवनमा १३०औं डा. भीमराव अम्बेडकर जयन्ती पालन गरियो। उज्ज्वल मङ्ग्रान्तिले सञ्चालन गरेको कार्यक्रम समाजसेवी एसबी गजमेरले अध्यक्षतामा सम्पन्न भयो भएको थियो भने संघका अध्यक्ष सत्यन वरदेवा, सचिव उमेश तोलाङ्गी, तारा घिमिरे, पारस घीमिरे अनि मिरिकभरिका अनुसूचित जातिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा. भीमराव अम्बेडकरको  शिक्षित बनौ, संगठित बनौ अनि संघर्ष गरौ भन्ने विचारलाई चिन्तन मनन गरेर अघि आउनु पर्ने कुरोमा वक्ताहरूले जोर दिए। यसबाहेक डा. भीमराव अम्बेडकले अनुसूचित जातिको निम्ति धेरै असल कार्यहरू गरेको अवगत गराउदै अनुसूचित जातिका लागि उनी भगवान सरह रहेको वक्ताहरूले बताए। साथै अनुसूचित जाति भारतमा सम्मानको साथमा बाँचिरहेका छन् भने यसको सम्पूर्ण श्रेय डा. भीमराव अम्बेडकरलाई जाने उनीहरूले बताए। कार्यक्रममा गत महिना मात्र डा. भीमराव अम्बेडकर फिलोसफी अवार्डले सम्मानित भएका मिरिक देवसेडाँडा निवासी तथा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ मिरिक महकुमाका अध्यक्ष सत्यन बरदेवालाई उपस्थित व्यक्तिहरूले खदा पहिराएर बधाई तथा शुभकामना व्यक्त गरे। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ मिरिक महकुमाका अध्यक्ष सत्यन बरदेवाले भने, आज हामीले संविधान निर्माता डा. भीमराव अम्बेडकरको जन्म जयन्ती पालन गर्यौ। अम्बेडकरले अनुसूचित जातिका लागि मात्र नभएर सम्पूर्ण भारतवासीकै निम्ति महत्वपूर्ण कार्य गरेको भन्दै उनको मूल मन्त्रलाई शिरोपर गरेर अघि बढ्न सके सबै जातिको उत्थान हुन सक्ने बताए।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुख्यमन्त्री २४ अक्टोबर चार दिवसीय भ्रमणमा सिलगढी आउने

कोलकता। सिलगढी अनि पहाडमा बर्षाले भएको नोक्सानको जायजा लिन मुख्यमन्त्री ममता ब्यानर्जी आगामी २४ अक्टोबरको दिन चार दिवसीय भ्रमणमा सिलगढी अनि खरसाङ...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

Recent Comments

Farindra on राेजगार