Sunday, September 19, 2021
Home क्षेत्रीय केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

गान्तोक, ४ अगस्त २०२१: सिक्किम राज्यमा जब पन राष्ट्रीय योजनाहरू लागु हुन्छ तब राज्यका विपक्षी दलहरूले विरोध जनाउने चलन रहिआएको छ। धेरै वर्ष अघि सिक्किम राज्यमा मिड -डे मिल शुरू भयो तर त्यसमा कुनै पनि राजनीतिक दलहरूले विरोधना जनाएनन्।

यसरी नै सिटीजन एमेन्डमेन्ट एक्ट लाग हुँदा राज्यमा धेरै विपक्षी दलहरूले विरोध जनाएको सिक्किम प्रदेश कंग्रेस पार्टीका अध्यक्ष डीबी चौहानले बताए। आज राजधानीस्थित जर्नालिस्ट यूनियन अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौहानले वन नेशन वन राशन कार्ड-बारे हाल राज्यको विभिन्न राजनीतिक पार्टीहरूले चर्चा परिचर्चा र्दै आएको कुरा उल्लेख गरे।

प्रजातन्त्रमा चर्चा परिचर्चा गर्नाले जनताले वास्तविकता बुझ्ने अवसर पाउन सक्नेछन् र यसलाई पार्टीले सदैव स्वागत गर्दै आएको बताए। तर केवल केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाउँदै आइरहेको दावी गरे। चौहानले दावी गरे अनुसार यो योजना उत्तरपूर्वी राज्यहरूमा आसम बाहेक सबैले कार्यान्वयन गरिसकेको छ। यस अवसरमा विधायक वाइटी लेप्चा र कोषाध्यक्ष कैलाश अग्रवालको पनि उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

सीबीआईद्वारा मन्त्री मानस भुइयांलाई नोटिस

कोलकाताl चिटफण्ड घोटालामा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सोधपुछको निम्ति टीएमसीका अझ एकजना मन्त्री मानस भुइयांलाई नोटिस पठाएको छ। उनलाई सोमबार सीजीओ...

कोभिड नेपाल: देशमा कोरोनाको ७३४ नयाँ मामिला

काठमाडौं, १९ सेप्टेम्बर २०२१। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरे अनुसार, पछिल्लो २४ घण्टमा थप ७३४ जना कोरोना भाइरसले सङ्क्रमित भाएका छन् भने यसरोगले १२...

Recent Comments

Farindra on राेजगार