Thursday, October 21, 2021
Home क्षेत्रीय आगामी आइतवारदेखि जीटीए क्षेत्रमा पूर्ण लकडाउन

आगामी आइतवारदेखि जीटीए क्षेत्रमा पूर्ण लकडाउन

खरसाङ : आज जीटीए अध्यक्ष अनित थापाले पहाड़मा बढ़्दो कोरोनाको प्रकोपलाई ध्यानमा राखेर आगामी आइतवारदेखि लगातर सात दिन जीटीए क्षेत्रका दार्जीलिङ, खर्साङ, कालेबुङ र मिरिक चारै नगरपालिकामा पूर्ण रूपले लकडाउन गर्ने घोषणा गरेका छन्। यी चार नगरपालिकाबाहेक कोरोनाले धेरै प्रभावित क्षेत्र खरसाङ महकुमाअन्तर्गत तीनधारे, सुकना साथै सुके पोखरी, पोख्रेबुङ अनि बिजनबारी बजारलाई पनि पूर्ण रूपले लकडााउन गरिने तिनले बताएका छन्।

अनित थापाले जीटीए मुख्य सचिव लगायत दार्जीलिङ अनि कालेबुङ जिल्ला शासकसित कुराकानी गरेका छन्। अधिकारीवर्गसित कुराकानी गरेपछि उक्त निर्णय लिइएको थापाले बताए। सम्पूर्ण जीटीए क्षेत्रलाई बचाउन यसप्रकारको निर्णय लिइएको तिनको भनाइ छ। यद्यपि लकडाउनमा आवश्यक सेवाहरूलाई छुट दिइनेछ जसको अन्तिम निर्णय भोलि सार्वजनिक गरिने थापाले जनाएका छन्। अनित थापाले कोरोना महामारीलाई रोक्न सबैबाट एकबद्धता र सहयोग अपिल पनि गरेका छन्।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुख्यमन्त्री २४ अक्टोबर चार दिवसीय भ्रमणमा सिलगढी आउने

कोलकता। सिलगढी अनि पहाडमा बर्षाले भएको नोक्सानको जायजा लिन मुख्यमन्त्री ममता ब्यानर्जी आगामी २४ अक्टोबरको दिन चार दिवसीय भ्रमणमा सिलगढी अनि खरसाङ...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

Recent Comments

Farindra on राेजगार