Sunday, December 5, 2021
Home क्षेत्रीय आकाशवाणी गान्तोकको क्षेत्रीय समाचार एकाईद्वारा आजादीको अमृत महोत्सव पालन

आकाशवाणी गान्तोकको क्षेत्रीय समाचार एकाईद्वारा आजादीको अमृत महोत्सव पालन

गान्तोकl आकाशवाणी गान्तोकको क्षेत्रीय समाचार एकाईले, भारतीय स्वाधीनताको ७५औं वर्षको अवसरमा आजादी का अमृत महोत्सव पालन गर्दै एक कार्यक्रम श्रृंखला शुरू गरेको छ। आजादी का अमृत महोत्सव श्रृंखला अन्तर्गत प्रत्येक महिनाको पहिलो र अन्तिम सोमबारको बेलुकी सात पाँच बजी १० मिनटको वार्ता प्रसारित गरिरहेको छ। यो कार्यक्रममा स्वाधीनता सङ्ग्रामका घटनाहरू, स्वाधीनता सेनानी, स्थान सहित स्वतन्त्रता संग्रामका विभिन्न पक्षहरूलाई सामेल गरिन्छ। यस अतिरिक्त भारतले ७५ वर्षमा प्राप्त गरेका उपलब्धीहरू, माइल खुट्टी, र भविष्यका आकांक्षाहरूलाई पनि प्रसारण गरिन्छ। उक्त जानकारी पीआईबीले दिएको छ। यो कार्यक्रमलाई आकाशवाणी गान्तोकको एफएम कञ्चनजङ्गा (१०३ मेगाहर्ज) र प्राथमिक च्यानल (मेगावाट २१३.67 मीटर तथा १४०४ किलोहर्ज) मा प्रसारित गरिन्छ। यसलाई Newsonair एपको माध्यमले पनि सुन्न सकिन्छ। श्रृंखलालाई क्षेत्रीय समाचार एकाई, अल इण्डिया रेडियो गान्तोकको यूट्यूब च्यानलमा पनि अपलोड गरिन्दैछ। यस बाहेक क्षेत्रीय समाचार एकाईले १२ अगस्त, २०२१ देखि सिक्किम संस्कृति विभागको सहयोगले “आज़ादी का अमृत महोत्सव क्वीज आकाशवाणी समाचारसित” शुरू गरेको छ। यस क्वीजमा सिक्किमको परम्परा, प्रमुख स्थल, इतिहास र संस्कृतिमा आधारित प्रश्न आदि सामेल गरिन्छ। यसलाई क्षेत्रीय बुलेटिनको माध्यमले आयोजित गरिन्छ, जो नेपालीमा बेलुकी ६:४० बजी, त्यपछि लेप्चा र भोटिया बुलेटिनमा, प्रत्येक सोमवार र बिहीबार आयोजित गरिन्छ। विजेताहरूको नाम भोलिपल्ट सोही बुलेटिनमा घोषणा गरिन्छ र सिक्किम संस्कृति विभागद्वारा ई-प्रमाण पत्र प्रदान गरिन्छ। आकाशवाणी गान्तोकको क्षेत्रीय समाचार एकाईले विभिन्न माध्यमले, मुख्य रूपले सोशल मीडियाको माध्यमले थप प्रसारको लागि सिक्किम सूचना एवं जनसम्पर्क विभागसित राष्ट्रिय बुलेटिनबाट लिएको “आज़ादी का सफर आकाशवाणी समाचार” सित नामक एक दैनिक पाँच मिनटको कार्यक्रम पनि साझा गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

दिल्लीमा ओमिक्रोनको एउटा मामला भेटेपछि देशमा यसको सङ्ख्या ५ पुग्यो

नयाँ दिल्लीः बेंगलुरु, मुम्बई र जामनगरपछि अब दिल्लीमा ओमिक्रोनको पहिलो मामला भेटाइएको छl दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले भनेअनुसार संक्रमित भएका व्यक्ति तान्जनियाबाट...

नागाल्याण्डमा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु

नागाल्याण्ड: नागाल्याण्डको मोन जिल्लामा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु भएको समाचार अघि आएको छl शनिबार साँझ ओटिङ्ग क्षेत्रमा भएको घटनापछि...

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

Recent Comments

Farindra on राेजगार