Thursday, August 5, 2021
Home क्षेत्रीय अपर प्राइमरी शिक्षक नियुक्तिमा उच्च अदालतको स्टे

अपर प्राइमरी शिक्षक नियुक्तिमा उच्च अदालतको स्टे

कोलकाता, २१ जुलाई २०२१: उच्च अदालतका न्यायाधीश सुब्रत तालुकदार र न्यायाधीश सौगत भट्टाचार्य को डिविजन बेन्चले अपर प्राइमरी शिक्षकहरुको नियुक्तिमा स्टे लगाएको छ। डिविजन बेन्चको भनाई अनुसार नियुक्ति प्रक्रिया जारी रहनेछ तर, अदालतको लीवको बिना कसैलाई पनि नियुक्ति पत्र दिन सकिने छैन। यस मामलामा सिंगल बेन्चको फैसलाविरुद्ध
अपिल गरिएको थियो। डिविजन बेन्चले मङ्गलबार यसको सुनवाई गरेपछि उपरोक्त आदेश दिएको छ। अर्को सुनवाई १२ हप्तापछि हुनेछ अनि यसैअनुसार नियुक्ति प्रक्रिया कम्तिमा तीन महिनाको निम्ति टरेको छ।

अधिवक्ताद्वय विक्रम ब्यानर्जी र फिरदौश शमीमले बताए अनु- सार अपर प्राइमरीमा शिक्षकहरुको नियुक्ति मा पारदर्शिता नभएको साथै पक्षपात गरिएको आरोप लगाएर उच्च अदालत याचिका दायर गरिएको थियो। न्यायाधीश अभिजीत गांगुलीले नियुक्तिमाथि स्टे लगाएको थियो।

एसएससीको स्पष्टिकारणपछि उनले केही शर्तहरुका साथमा नियुक्ति प्रक्रिया शुरू गर्ने आदेश दिएका थिए। यसको विरुद्धमा न्यायाधीश तालुकदारको डिविजन बेन्चमा अपिल गरिएको थियो। डिविजन बेन्चले आफ्नो आदेशमा अन्तरवार्ता र पर्सन- लिटी टेस्टको प्रक्रिया जारी रहने बताएको छ। यसमा अभ्यार्थि हरुले एकाडेमिक, प्रोफेशनल, पर्सनलिटी टेस्ट र अन्तरवार्ता मा प्राप्त अंकलाई कम्प्युटरद्वारा एक डाटा बेस तैयार गर्नुपर्नेछ। यसमा प्राप्त अंकको ब्रेकअप पनि हुनुपर्छ। यस डाटा बेसलाई उनीहरु को ओरिजिनल कागजात का साथमा डिविजन बेन्चको अको सुनवाईको दिन पेश गर्नुपर्नेछ।

याचिकाकर्ताहरुको पक्षबाट अधिवक्ताद्वय सुबीर सन्याल र ए- डवोकेट विकास रंजन भट्टाचार्यले बहसमा सिंगल बेन्चको आदेशपछि जुन अन्तरवार्ताको सूची बनाइएको छ त्यसमा पनि आफ्नो अंक बढ़ाइएको बताएका छन्। जस्तै एक अभ्यार्थी निताई मण्डललाई वेटेजमा आठ प्राप्त हुनुपर्ने तर, लेकिन उस लाई दश दिइएको छ। न्यायाधीश भट्टाचार्यले एजीलाई यो कसरी भएको भन्ने बारेमा सोधेका छन्। आरोप अनुसार ओरि- जिनल दस्तावेजमा दिएको अंकमा फेरबदल गरेपछि वेटेज बढेर अन्तरवार्ताको सूचीमा नाम राखिदिएयो। अन्तरवार्ताको सूचीबाट बाहिरिएका अभ्यार्थीले ३१ जुलाईसम्म एसएससीको पोर्टलमा आफ्नो उजुरी दर्ता गर्न सक्छन्।
एडवोकेट जनरल किशोर दत्तले बेन्चलाई बताए अनुसार यस किसिमको साढ़े आठ हजार उजुरीहरु आएको छ। कुल १४, ३३९ पदहरुमा नियुक्ति गरिनु पर्छ अनि १५४३६ अभ्यार्थिहरु लाई अन्तरवार्तामा बोलाइएको उनले बताएका छन्। कुल ९, ३७२ अभ्यार्थिहरुको आवेदन रद्द गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार