Thursday, August 5, 2021
Home क्षेत्रीय अन्तर्वार्ताको परिणाम चाँडै घोषणा गर्नुपर्ने राज्य सरकार समक्ष माग

अन्तर्वार्ताको परिणाम चाँडै घोषणा गर्नुपर्ने राज्य सरकार समक्ष माग

गान्तोक, २१ जुलाई २०२१: वर्ष २०१७ मा भाषा शिक्षकको निम्ति अन्तर्वार्ता दिएर परिणामको प्रतीक्षामा बसेका उम्मेद्वा- रहरूले राज्य सरकार समक्ष परिणाम घोषणा गरिनुपर्ने माग राखेका छन्। राजधानीमा आज आयोजित एक संवाददाता सम्मेलनमा उम्मेद्वारहरूले यस्तो माग राखेका छन्।

मोहन प्रधान, बिनय लिम्बू, कर्मा लोडे भोटिया र सोसाङ लेप्चा ले उम्मेद्वारहरूको पक्षमा उक्त माग राख्दै बताएअनुसार भाषा शिक्षकको निम्ति उनीहरूले लिखित, मौखिक र क्लास डेमो- न्ट्रेशन समेत पूरा गरिसकेका छन्। उक्त अन्तर्वार्ता २२२ भाषा शिक्षकहरूको निम्ति थियो। तर, तीन वर्ष बित्न लाग्दा पनि परिणाम घोषणा गरिएको छैन। उनीहरूले अझ बताए अनुसार अन्तर्वार्ताको परिणाम प्रतीक्षा गरेर बसिरहेको समय १७३ जना भाषा शिक्षकको अन्तर्वार्ता रद्द भएको खबर आएको थियो।

यसपछि, उनीहरूले मुख्यमन्त्रीलाई भेटेर यस सम्बन्धमा कुरा राख्दा मुख्यमन्त्रीले बालचन्द्र दङ्गालले न्यायालयमा याचिका दर्ता गरेको हुँदा यो मामिला थाँतीमा रहेको बताएका थिए। अहिले यो मामिला न्यायालयमा समाप्त भइसकेको छ, तरै पनि परिणाम भने घोषणा गरिएको छैन। उम्मेद्वारहरूले आफुहरू माथि अन्याय भएको बताउॅंदै चाँड़ोभन्दा चाँड़ो परिणाम घोषणा गर्न माग राखे। उनीहरूले अन्तर्वार्ताको परिणाम जे आए पनि त्यसको निम्ति आफुहरू तयार रहेको पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

इण्डिपेण्डेन्स डे फूटबलः मतिगढ़ा कमिश्नर फिटिज एफसीसीको रोमाञ्चक जीत

५ अगस्त २०२१: नेताजी युथ क्लब, सेभोक बजारको तत्त्वावधानमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको म्याचमा रोमाञ्चक जीतको साथ मतिगढ़ा...

केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

गान्तोक, ४ अगस्त २०२१: सिक्किम राज्यमा जब पन राष्ट्रीय योजनाहरू लागु हुन्छ तब राज्यका विपक्षी दलहरूले विरोध जनाउने चलन रहिआएको छ। धेरै...

Recent Comments

Farindra on राेजगार