क्वार्टर फाइनलमा पुग्न सफल एकाडमी नाइट्स

IMG-20230802-WA0384.jpg

Loading

२ अगस्तः फूटबल क्लब मल्लीको सहयोगमा ७७औं इण्डिपेण्डेन्स डे सेलिब्रेशन कमिटीको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा एकाडमी नाइट्स (एके), गान्तोकले क्वार्टर फाइनलमा स्थान बनायो। मल्ली खेल मैदानमा बुधवार भएको म्याचमा एके गान्तोकले तुरुक एफसी-लाई ३-०-ले पराजित गऱ्यो। म्याचमा २ गोल गर्ने विजेता टीमका सोनम लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो । यस प्रतिष्ठित टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजन समितिले खेलको ग्रास रुट लेवलबाट विकास गर्ने लक्ष्य लिएर अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको पनि आयोजन गर्ने आयोजक आईडीसीसी मल्लीका खेल सचिव राज प्रधानले बताएका छन्।

About Author

Advertisement