कॉमेडके/यूनिगेज यूजीईटी २०२५ प्रवेश परीक्षाहरूको लागि आवेदन मिति घोषित

IMG-20250305-WA0229(1)

Loading

• १.२ लाख भन्दा बढी विद्यार्थीहरू ४०० भन्दा बढी केन्द्रहरूमा परीक्षामा सहभागी हुने अपेक्षा

विगत पाँच दशकदेखि कर्नाटकले उच्च शिक्षामा आफूलाई सधैं अग्रस्थानमा राखेको छ र देशका सबै कुनाबाट ठूला सपना बोकेका इन्जिनियरहरूलाई आकर्षित गरेकाे छ। राज्यमा धेरै राम्रा कलेजहरू छन्, जहाँ विभिन्न प्रकारका पाठ्यक्रमहरू उपलब्ध छन्। यहाँका विद्यार्थीले राम्रो जागिर पनि पाउँछन्। यही बलियो शिक्षा प्रणालीका कारण दक्ष जनशक्ति तयार भइरहेका छन्, जसले स्वदेश तथा विदेशमा सफलता हासिल गरिरहेका छन्।
कॉमेडके यूजीइटी/यूनिगेज २०२५ प्रवेश परीक्षा, मे १० २०२५ मा हुनेछ।
यो परीक्षा कर्नाटकका १५० भन्दा बढी इन्जिनियरिङ कलेजहरू र देशभरका ५० भन्दा बढी निजी र स्व-वित्त पोषित विश्वविद्यालयहरूमा भर्नाको लागि सञ्चालन गरिन्छ। यो कुपेका(KUPECA) र यूनिगाज़ सँग सम्बद्ध संस्थानहरूमा बी .ई/बी .टेक मा भर्नाको लागि सञ्चालन गरिन्छ।
यो आँनलाइन परीक्षा भारतका २०० भन्दा बढी सहरका ४०० भन्दा बढी केन्द्रमा हुनेछ। यसमा १,२०,००० भन्दा बढी विद्यार्थीहरूले भाग लिन सक्छन्। यस परीक्षाका लागि देशभरका विद्यार्थीहरूले आवेदन दिन सक्छन्।
विद्यार्थीहरूले ३ फेब्रुअरी २०२५ देखि १५ मार्च २०२५ सम्म www.comedk.org वा www.unigauge.com मा गएर अनलाइन आवेदन दिन सक्छन्।
२०२२मा, विद्यार्थीहरूको सीप सुधार गर्न कॉमेडके ले ८ कॉमेडके केर्स (KARES) इन्नोवेशन हब्सको स्थापना गरे। कर्नाटकमा अब १० यस्ताे इन्नोवेशन केन्द्रहरू छन्, जसमध्ये ४ बैंगलोरमा छन् र बाँकी मैसूरु, कालाबुर्गी, मङ्गलोर, बेलगाम, तुमकुरु र हुबलीमा छन्। यी केन्द्रहरू ५,००० स्क्वायर फिटमा फैलिएका छन् र काठ राउटिङ, रैपिड प्रोटोटाइप, लेजर कटिंग, ३ डी प्रिन्टर, एआर/वीआर प्रविधिहरूलगायत आधुनिक उपकरणहरूले सुसज्जित छन्। इन्नोवेशन हब आधुनिक क्षेत्रहरू जस्तै – आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ (एआइएमएल), रोबोटिक्स, इन्टरनेट अफ थिंग्स (आईओटी), इन्नोवेशन र डिजाइन थिंकिङ (आईडीटी)।
कॉमेडके का कार्यकारी सचिव डा. कुमारले भने, “कॉमेडके यूजीइटी परीक्षाले निष्पक्षता, पारदर्शिता र अवसर प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, र हामी युवाहरूलाई गुणस्तरीय शिक्षासँग जोड्न पाउँदा गर्व गर्छौं।”
पी. मुरलीधर, सीईओ, ईआरए फाउन्डेसन भन्छन्, “हामी यूनिगेज मार्फत निष्पक्षता र पारदर्शिताको उच्चतम स्तर कायम गर्न समर्पित छौं।
आवेदन र परीक्षा प्रक्रिया अनलाइन सञ्चालन हुनेछ। आवेदन र परीक्षा प्रक्रियाको जानकारी www.comedk.org र www.unigauge.com मा उपलब्ध छ।
महत्त्वपूर्ण जानकारी: www.comedk.org र www.unigauge.com कॉमेडके र यूनिगेजका आधिकारिक वेबसाइटहरू हुन्। विद्यार्थी र अभिभावकहरूलाई आवेदन र जानकारीको लागि आधिकारिक वेबसाइट मात्र प्रयोग गर्न सल्लाह दिइन्छ।

About Author

Advertisement