Sunday, December 5, 2021
Home रोजगार/करियर १८ अक्टोबरदेखि राज्यका सबै शिक्षण संस्थान खुल्ने

१८ अक्टोबरदेखि राज्यका सबै शिक्षण संस्थान खुल्ने

गान्तोक। सिक्किममा आगामी १८ अक्टोबरदेखि सम्पूर्ण शैक्षणिक संस्थान खुलाउने राज्य सरकारले निर्णय लिएको छ। गत १ अक्टोबरदेखि नवौं देखि १२औं श्रेणीसम्मका विद्यालय खोलिएको थियो भने कोरोना सङ्क्रमणको लहरमा कमी आएकाले सरकारले एलकेजीदेखि आठौं श्रेणीसम्मका विद्यालयलाई पनि १८ अक्टोबरदेखि खोल्ने निर्णय गरेको हो। राज्यको शिक्षा विभागले मङ्गलवार (१२ अक्टोबर) एउटा परिपत्र जारी गरेर १८ अक्टोबरदेखि सिक्किम सरकारको अधिनमारहेका विद्यालय, राज्य सरकारबाट सहायताप्राप्त विद्यालय र निजी विद्यालय खोल्ने जानकारी गराएको छ।

कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुलाउँदा सरकारले एकैचोटी सबै विद्यार्थीलाई विद्यालयमा नबोलाएर कुल विद्यार्थीको ५० प्रतिशतका आधारमा कक्षा सञ्चालन हुनेछ भने यसमा अभिभावको पनि सहमति हुनुपर्नेछ। यसरी कक्षा सञ्चालन गर्दै लॉंदा स्थिति नियन्त्रणमा रहे विस्तारै पूर्ण क्षमतामा कक्षा सञ्चालन हुनेछन्‌। सिक्किम सरकारको दिशानिर्देश केन्द्र सरकारको अधिनमा रहेका विद्यालयमा भने लागू हुनेछैन्‌। विद्यालयले कक्षा सञ्चालन गर्दा कोभिड प्रोटोकललाई भने पालन गर्नुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

मुख्यमन्त्री र राज्यपालद्वारा नेवी दिवसको अवसरमा शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल जगदीप धऩखड़ले नौसेना कर्मीहरूलाई नेवी दिवसको अवसरमा शुभकामना दिएका छन्। शनिबार मुख्यमन्त्रीले ट्वीट गरेर भारतीय नेवी दिवसको...

खरानी भयो आठ बिघा धानको फसल

जलपाईगढ़ी: राजगञ्ज ब्लकमा हिजो राति भीषण अग्निकाण्डमा आठ बिघा धानको फसल जलेर खरानी भएको छ। घटना राजगञ्ज ब्लक शिकारपुर ग्राम पञ्चायतअन्तर्गत ढेराबाड़ी...

Recent Comments

Farindra on राेजगार