Thursday, October 21, 2021
Home रोजगार/करियर राज्य सरकारद्वारा स्कूलहरू खोल्ने प्रक्रिया शुरू

राज्य सरकारद्वारा स्कूलहरू खोल्ने प्रक्रिया शुरू

कोलकाताl पश्चिम बङ्गाल सरकारले राज्यमा कोरोनाको कारण बन्द रहेका स्कूलहरूलाई खोल्ने प्रक्रिया शुरू गरेको छ। राज्य शिक्षा विभागको तर्फबाट सबै जिल्लाधिकारीहरूलाई यस सम्बन्धमा चिट्ठी पठाइएको छ। महामारीको कारण गत दुई वर्षदेखि स्कूललाई बन्द गरिएको छ, यसैले यसलाई पुनः शुरू गर्नअघि सर-सफाई इन्फ्रास्ट्रक्चर र अन्य मूलभूत सुविधाहरूलाई दुरूस्त गर्नलाई भनिएको छ। शिक्षा विभागका स्रोतहरू अनुसार १५ सेप्टेम्बर अघि सबै स्कूलहरूबाट खर्चाको विवरण मागिएको छ। स्कूलहरूलाई पुनः खोल्नमा के-कस्तो चीजहरू दुरूस्त गर्नपर्नेछ, कुर्सी टेबल आदि दुरूस्त गराउनमा कति खर्चा पर्नेछ, यस सम्बन्धमा लिस्ट बनाएर १५ सेप्टेम्बर अघि शिक्षा विभागलाई पठाउनलाई भनिएको छ। शिक्षा विभागको चिट्ठी पाएपछि सबै जिल्लाहरूमा स्कूलहरूलाई खोल्ने तयारी शुरू गरिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले भनेकी थिइन्, यदि सबै कुरा ठीक रहे दुर्गा पूजाको ठीकपछि राज्यमा स्कूलहरूलाई खोलिनेछ। जानकारीअनुसार, यदि तेस्रो लहर धेरै अधिक प्रभावी नरहे बङ्गालमा नोभेम्बरदेखि स्कूलहरूलाई खोल्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुख्यमन्त्री २४ अक्टोबर चार दिवसीय भ्रमणमा सिलगढी आउने

कोलकता। सिलगढी अनि पहाडमा बर्षाले भएको नोक्सानको जायजा लिन मुख्यमन्त्री ममता ब्यानर्जी आगामी २४ अक्टोबरको दिन चार दिवसीय भ्रमणमा सिलगढी अनि खरसाङ...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

Recent Comments

Farindra on राेजगार