Sunday, September 19, 2021
Home रोजगार/करियर बून इङ्गलिस स्कूलको टपर पाल्मो लामा

बून इङ्गलिस स्कूलको टपर पाल्मो लामा

कालचिनी, २५ जुलाई २०२१: कोरोना महामारीले गर्दा यसपा- ली कुनै पनि बोर्डको लिखित परीक्षा सम्पन्न नभए तापनि वि- द्यार्थीहरूको सर्वाङ्गीण मेधाको आधारमा सबै बोर्डहरूको प- रीक्षाफल सोँचे भन्दा राम्रो भएको छ। यसै क्रममा कालचिनी खण्डको हेमिल्टनगञ्जस्थित एकमात्र आईसीएसई अनि आई- एससी बोर्डका बून इङ्गलिस स्कूलको परीक्षाफल धेरै राम्रो भए को छ।
यसपाली आईएससी बोर्डको परीक्षाफलमा बून इङ्गलिस स्कूल को छात्री पाल्मो लामाले ९५.२५% अङ्क ल्याएर स्कूल टपर बन्न सक्षम भएकी छन्। गङ्गुटिया चियाबारी निवासी पिता जीव- न लामा र माता अञ्जिमा लामाकी छोरी पाल्मो लामाले बून इ- ङ्गलिस स्कूलमा कला विभागको ह्यमेनिटीमा ९५.२५% अङ्क हासिल गरेर स्कूल टपर बनेकीमा आज पाल्मो लामाको घरमा पुगेर स्थानीय पञ्चायत सदस्य नारायण लामाले खदा पहिराउँदै उपहार प्रदान गर्दै सम्वर्द्धना प्रदान गरेका थिए। सो अवसरमा गङ्गुटिया चियाबारीका युवा समाजसेवीहरू अमल लामा, सन्दी- प दर्जी, रकित सार्की र शुभम लामाको उपस्थिति रहेको थियो। छोरी पाल्मो लामाले गङ्गुटिया चियाबारीको नाम उच्च गरेकोमा तिनको सुनौलो भविष्यको शुभाशीष रहेको पञ्चायत नारायण लामाले जनाएका छन्। यता बून इङ्गलिस स्कूलको चियरम्यान पवनकुमार सिंह झाँ र प्रिन्सिपल म्याडम ममता घिसिङले को- रोनाको विकट परिस्थिति मा स्कूल चलाउन गाह्रो परे तापनि स्कूलको मूल्याङ्कन र मेहनतले आईसीएसई मा ९ जना र आईएससीमा ६ जनाको उत्कृष्ट परिणाम आएको र समग्रतामा परीक्षाफल राम्रो भएको जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

गान्तोक, १९ सेप्टेम्बर २०२१। सिक्किममा गत २४ घण्टामा कोरोना संक्रमणको ६२ नयॉं मामिला अघि आएको छ भने कोरोनाको संक्रमणबाट आज कसैको मृत्यु...

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

Recent Comments

Farindra on राेजगार