Thursday, August 5, 2021
Home करियर जीटीए क्षेत्रको प्राथमिक एवम् उच्च प्राथमिक पाठशालाहरुमा पनि शिक्षक नियुक्त हुनुपर्ने साथै...

जीटीए क्षेत्रको प्राथमिक एवम् उच्च प्राथमिक पाठशालाहरुमा पनि शिक्षक नियुक्त हुनुपर्ने साथै १४ फरवरीमा भएको टेट परिक्षाको जाँच हुनुपर्ने अनुरोध गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङको ब्रात्य बशुलाई पत्राचार

१९ जुलाई २०२१: पश्चिम बंगाल सरकार द्वारा राज्य को प्राथ- मिक एवम् उच्च प्राथमिक पाठशालाहरुमा शिक्षक नियुक्ति प्रक्रिया थालिने भएपछि गोर्खा जन- मुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले जीटीए क्षेत्रमा पनि सोही प्रकारले शिक्षक नियुक्त गरीनु पर्ने अनुरोध गर्दै शिक्षामन्त्री ब्रात्य बशुलाई पत्राचार गरेका छन्। उनले यस शिक्षक नियुक्ति प्रक्रिया थाल्ने राज्य सरकारको पह- लप्रति आभार व्यक्त गर्दै यसले बेरोजगारीको समस्या हल गर्न मा पनि अहम भूमिका निर्वाह गर्ने जनाएको छ।

शिक्षक नियुक्ति प्रक्रियाको यसै सन्दर्भसँग जोड्दै उनले गत् १४ फरवरीको दिन भएको टेट परिक्षा जसमा १५ हजार प्रशिक्षार्थी हरुले परिक्षा दिएका थिए त्यसमाथी ध्यानाकर्षण गराउँदै त्यो परिक्षा सरकारको अनुमति बिना अनि एनसीइटीको मान्यता देखि बाहिरको भएको बताएका छन्। तत्कालीन जीटीए चेय- रम्यान अनित थापाले यसरी इच्छुक परिक्षार्थीहरु माथी अन्याय गरेको पनि पत्रमा उल्लेख गरेका छन्।
जीटी क्षेत्रमा अन्तिम पल्ट २००२ को अन्तर्वार्ता अनुसार २०१२ मा शिक्षक नियुक्त गरिएको थियो भने त्यसबाहेक २०१८ मा १२३ जना स्वयंसेवी शिक्षकह- रुलाई नियमित शिक्षकको रुप मा नियुक्त गरिएको थियो। अहिले पनि यहाँ ६५६ भन्दा धेरै शिक्षकको रिक्त पदहरु रहेको जानकारी गराएको छ। उच्च प्राथमिक पाठशालाहरुमा त्यसको निम्ति कुनै पहल नै भएको छैन।

यसरी उनले जीटीए क्षेत्रको प्राथमिक एवम् उच्च प्राथमिक पाठ- शालाहरुमा पनि शिक्षक नियुक्ति प्रक्रिया थालिनु पर्ने एवम् १४ फरवरीको दिन भएको टेट परिक्षाको जाँच हुनुपर्ने अनुरोध गर्दै शिक्षा मन्त्री ब्रात्य बशुलाई पत्राचार गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एय- रहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए।...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार