Sunday, December 5, 2021
Home रोजगार/करियर गीत फेसन वर्ल्ड पहलमा आयोजित फोटो प्रतियोगिताको समापन

गीत फेसन वर्ल्ड पहलमा आयोजित फोटो प्रतियोगिताको समापन

गान्तोक। सानै उमेरदेखि नानीहरूको प्रतिभालाई अघि ल्याउनको निम्ति गीत फेसन वलर्डको पहलमा आयोजित अनलाइन फोटो प्रतियोगिताको आज समापन भयो। तादोङस्थित एक होटलमा आयोजित कार्यक्रममा मुख्य अतिथिकोरूपमा राष्ट्रीय मानव अधिकार संगठन, सिक्किम शाखाकी महिला अध्यक्ष सुशिला सुब्बा रहेकी थिइन्। यस प्रतियोगितामा कूल ४८७ जनाले सहभागिता जनाएको आयोजक समितिकी सीइओ गीत तामाङले जानकारी गराएकी छन्। उनले बताए अनुसार सो प्रतियोगित भोटान र नेपालबाट पनि सहभागिता जनाइएको थियो। १४ वर्षसम्मका नानीहरूलाई लिएर आयोजित यस प्रतियोगितामा जोरथाङ निवासी नामखा सुब्बा प्रथम बनेकी छन् भने गान्तोक निवासी योङजोङ हिस्से तामाङ दोस्रो र नामथाङ निवासी क्लेरिशा राईले तेस्रो स्थान ओगटन सफल बनेकी छन्। यस संस्थाको गठन वर्ष २०१८ मा भएको र अहिलेसम्म संस्थाले धेरै वटा कार्यक्रम आयोजना गरिसकेको उनले दावी गरिन्। विशेष राज्यबाट वाल कलाकारहरू जन्माउने उद्देश्यले यस संस्थाको गठन गरिएको उनको भनाइ रहेको छ। हालसम्म धेरै वाल कलाकारहरूले विभिन्न चलचित्र, नाटकमा सहभागिता जनाइसकेको तामाङले बताइन्। उनको भनाइ अनुसार राज्यमा कुनै पनि भाषाको चलचित्रको छायाङकन गर्न आउँदा उनको संस्थासँग सम्पर्क गर्दै आएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सुब्बाले यस संस्थाले राज्यका वाल कलाकारहरूलाई मञ्च प्रदान गर्दै आइरहेको जानकारी गराइन्। यसको निम्ति अभिभावकवर्गले पनि सहयोग पुऱ्याउनु पर्ने सुझाउ दिएकी छन्। नानीहरूमा भएको प्रतिभालाई अघि ल्याउने प्रयामा संस्थाले शुरूदेखि नै कम गर्दै आइरहेको बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

मुख्यमन्त्री र राज्यपालद्वारा नेवी दिवसको अवसरमा शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल जगदीप धऩखड़ले नौसेना कर्मीहरूलाई नेवी दिवसको अवसरमा शुभकामना दिएका छन्। शनिबार मुख्यमन्त्रीले ट्वीट गरेर भारतीय नेवी दिवसको...

खरानी भयो आठ बिघा धानको फसल

जलपाईगढ़ी: राजगञ्ज ब्लकमा हिजो राति भीषण अग्निकाण्डमा आठ बिघा धानको फसल जलेर खरानी भएको छ। घटना राजगञ्ज ब्लक शिकारपुर ग्राम पञ्चायतअन्तर्गत ढेराबाड़ी...

Recent Comments

Farindra on राेजगार