Sunday, December 5, 2021
Home रोजगार/करियर आजदेखि राज्यमा सबै विद्यालयहरू खुल्ला भयो

आजदेखि राज्यमा सबै विद्यालयहरू खुल्ला भयो

गान्तोक। केही दिनअघि राज्यको शिक्षा विभागद्वारा जारी गरेको दिशानिर्देश अनुसार आजदेखि राज्यका सबै पाठशालाहरूमा एलकेजी देखि बाह्रो श्रेणीसम्मको अफलाइन श्रेणी शुरु भएको छ। कोविड-१९ रो प्रोटोकललाई पालन गर्दै सम्पूर्ण सरकारी अनि गैर सरकारी संस्थानहरू खोलिएको हो। पाठशालामा शिक्षक तथा विद्यार्थीहरूले मास्क अनि अन्य सुरक्षा साधनहरूको प्रयोग अनिवार्य रहेको छ। लामो समयदेखि अनलाइनको माध्यम शिक्षा आर्जन गरेपछि यसरी पाठशालामै विद्यार्थीहरू उपस्थित भएर शिक्षा आर्जन गर्न पाउँदै विद्यार्थीहरूमा खुशीको लहर पनि छाएको छ। आज देखि शुरु खोलिएको प्रायः पाठशालाहरूमा विद्यार्थीहरूको बाक्लो उपस्थिति देखिएको छ। ज्ञात रहोस् लामो समयदेखि राज्यका सम्पूर्ण पाठशालाहरूले अनलाइनमाध्यम शिक्षा दिने कार्य भइरहेको थियो। कोरोना संक्रमणको मामिलामा धेरै नियन्त्रण आएपछि सरकारले पाठशालाहरू खोल्ने निर्णय लिएको हो। पाठशालामा उपस्थित भएर शिक्षा लिनको निम्ति अभिभावकको लिखित स्वीकृति अनिवार्य रहेको सरकारद्वारा जारी निर्देशमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

दिल्लीमा ओमिक्रोनको एउटा मामला भेटेपछि देशमा यसको सङ्ख्या ५ पुग्यो

नयाँ दिल्लीः बेंगलुरु, मुम्बई र जामनगरपछि अब दिल्लीमा ओमिक्रोनको पहिलो मामला भेटाइएको छl दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले भनेअनुसार संक्रमित भएका व्यक्ति तान्जनियाबाट...

नागाल्याण्डमा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु

नागाल्याण्ड: नागाल्याण्डको मोन जिल्लामा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु भएको समाचार अघि आएको छl शनिबार साँझ ओटिङ्ग क्षेत्रमा भएको घटनापछि...

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

Recent Comments

Farindra on राेजगार