Thursday, October 21, 2021
Home रोजगार/करियर (आईआईटी) मद्रास फेरि बन्यो देशको सर्वश्रेष्ठ शैक्षणिक संस्थान

(आईआईटी) मद्रास फेरि बन्यो देशको सर्वश्रेष्ठ शैक्षणिक संस्थान

नयाँ दिल्लीl भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) मद्रास यस वर्ष पनि देशको सर्वश्रेष्ठ शैक्षणिक संस्थान बनेको छ। यो लगातार तेस्रो वर्ष हो जब आईआईटी मद्रासले शिक्षा मन्त्रालयको वार्षिक ऱ्याङ्किङमा शीर्ष स्थान हासिल गरेको छ। आईआईटी मद्रासलाई ‘ओवरअल’ र ‘इन्जीनियरिङ’ श्रेणीमा देशमा प्रथम स्थान दिइएको छ। केन्द्रिय़ शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले बिहीबार राष्ट्रिय संस्थागत ऱ्याङ्किङ फ्रेमवर्क (एनआईआरएफ) को ऱ्याङ्किङ- 2021 जारी गऱ्यो। यस वर्ष ऱ्याङ्किङ फ्रेमवर्कमा टप रिसर्च इन्स्टीट्यूटको श्रेणी पनि सामेल गरियो। यसबाट ऱ्याङ्किङ यस पाली 10 को साटो 11 श्रेणीमा जारी गरिएको छ। रिसर्च इन्स्टीट्यूट्सको श्रेणीमा यस वर्ष आईआईएससी बेङ्गलुरु प्रथम, आईआईटी मद्रास दोस्रो र आईआईटी बम्बे तेस्रो स्थानमा रहे। देशका आईआईटीले एक पल्ट फेरि ओवरअल श्रेणीमा दबदबा कायम राख्दै शीर्ष 10 मध्ये सातमा कायम छन्। इण्डियन इन्स्टीट्यू अफ साइन्स (आईआईएससी) बेङ्गलुरूले देशका सर्वश्रेष्ठ संस्थानहरूमध्ये एकको रूपमा आफ्नो स्थिति बनाएर राखेको छ र ओवरअल श्रेणीमा दोस्रो स्थानमा छ। तेस्रो स्थानमा आईआईटी बम्बे छ। यसपछि क्रमश: आईआईटी दिल्ली, आईआईटी कानपुर र आईआईटी खड़गपुर, आईआईटी रुड़की, आईआईटी गुवाहाटी छन्। जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) र बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) ले 9औं र 10औं ऱ्याङ्क हासिल गरेका छन्। कलेज केटेगरीमा दिल्लीको महिला कलेज मिरान्डा हाउसले शीर्ष स्थान हासिल गरेको छ। दिल्लीकै एक अन्य महिला कलेज लेडी श्रीराम र चेन्नईको लोयोला कलेजले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेको छ। यस साल पनि मिरान्डा हाउस र लेडी श्रीराम कलेजमा महिलाहरूले गत साल सरह नै स्थिति कायम राखेका छन्। यद्यपि, चेन्नईको लोयला कलेज गत साल छैठौं स्थानदेखि तेस्रो स्थानमा पुगेको छ। दिल्लीको हिन्दू कलेज गत सालको तुलनामा यस साल तेस्रो स्थानदेखि 9औं स्थानमा झलेको छ। यस श्रेणीमा 8औं स्थानमा दिल्लीको सेन्ट स्टीफन्स कलेज र 10औं स्थानमा दिल्लीको श्रीराम कलेज अफ कमर्स छ। एनआईआरएफ इण्डिया ऱ्याङ्किङ 2018 मा मेडिकल श्रेणी शुरू भएदेखि दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) सूचीमा शीर्षमा रहेको छ।

यस वर्ष पोस्ट ग्रेजुएट इन्स्टीट्यूट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च, चण्डीगढ़ले दोस्रो स्थान हासिल गऱ्यो, जबकि क्रिश्चियन मेडिकल कलेज, वेल्लोरलाई तेस्रो स्थान हासिल भएको छ। एम्स-दिल्ली सरह पीजीआईएमईआर चण्डीगढ़ र सीएमसी वेल्लोरले पनि एनआईआरएफ ऱ्याङ्किङमा आफ्नो स्थान कायम राखेका छन्। विश्वविद्यालयको श्रेणीमा आईआईएससी बेङ्गलुरू प्रथम छ। यसपछि क्रमश: जेएनयू, बीएचयू, कलकत्ता विश्वविद्यालय, अमृता विश्व विद्यापीठम कोयम्बटूर, जामिया मिल्लिया इस्लामिया नयाँ दिल्ली छन्। इन्जीनियरिङ श्रेणीमा आईआईटी मद्रास छैठौं वर्ष पनि शीर्ष स्थानमा रहेको छ। यसपछि आईआईटी दिल्ली, आईआईटी बम्बे, आईआईटी कानपुर र आईआईटी खड़गपुर पाँचौं स्थानमा छन्। प्रबन्धन श्रेणीमा आईआईएम अहमदाबाद पहिलो स्थानमा छ। यसपछि क्रमश: आईआईएम बेङ्गलुरु, आईआईएम कलकत्ता, आईआईएम कोझिकोड र आईआईएम दिल्ली छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

मन्त्री सामडुप लेप्चाद्वारा पैहोग्रस्त क्षेत्रको निरीक्षण

गान्तोक। भारी वर्षाको कारण सिक्किमभर धेरै सडक पूर्वाधार क्षतिग्रस्त बनेको छ। य सडक तथा पुल विभाग मन्त्री सामडुप लेप्चाले  आज रम्फू पुलको...

Recent Comments

Farindra on राेजगार