एसकेएम सरकारले खेलकूदलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको छ: उत्तम लेप्चा

IMG-20230802-WA0374.jpg

Loading

गोलीटार। गोलीटार खेल मैदानको ७७औं स्वतन्त्रता दिवसको अवसरमा सम्पन्न भइरहेको स्व. फूल माया प्रधान स्मारक फुटबल टुर्नामेन्टको आज दोस्रो दिन एसकेएम पार्टीका उपाध्यक्ष उत्तम लेप्चा मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिहरुमा मुख्यमन्त्रीका ओएसडी भानु प्रधान, रेलवे मामिलाका भाइस चियरमेन पी. बी. तामाङ, श्रीमती अनिता लेप्चाको विशेष उपस्थिति रहेको थियो। नेपाली नृत्य प्रस्तुत गरेपछि आजका फुटबल म्याच माझीटार स्पोर्टिङ क्लब अनि मासा एफसी बीच सम्पन्न गराइयो। यस म्याचमा १ को विरुद्ध २ गोल लगाएर मासा एफसी विजयी बन्यो।
आजको म्याचको मेन अफ दी म्याच माझीटार स्पोर्टिङ क्लबका गोल-किप्पर अभिजीत सुब्बालाई घोषित गरि मुख्य अतिथि उत्तम लेप्चाको बाहुलीबाट पुरस्कार प्रदान गरियो। मन्त्र डान्स मन्त्र एकाडेमीका विद्यार्थीद्वारा पनि नेपाली नृत्य प्रदर्शित गरिएको यस अवसरमा मुख्य अतिथि उत्तम लेप्चाले एसकेएम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको नेतृत्वमा राज्यमा खेलकूदलाई विशेष प्राथमिकता दिएर उल्लेखनीय कामहरु धमाधम भइरहेको छ भनी बताउँदै जनप्रिय मुख्यमन्त्री गोले साहबको निर्देशनमा सिक्किममा आज तरुणदीप आर्चरी एकाडेमी, जशलाल प्रधान बक्सिङ एकाडेमी, भाइचुङ स्टेडियम खण्डहर अवस्थामा थियो, आज कस्तो अवस्थामा छ तपाईहरुलाई थाहा छ अनि पाल्जर स्टेडियम आज कुन स्तरमा छ तपाईहरुलाई थाहा छ भनी बताए। उनले भने, मुख्यमन्त्री गोलेको नेतृत्वको हाम्रो एसकेएम सरकार मेकिङ मोडमा छ। सबैलाई उत्कृष्ट राष्ट्रिय -अन्तर्राष्ट्रिय खेलाड़ी बनाउन चाहन्छ। उनले आफूलाई मुख्य अतिथिको रुपमा निम्त्याइएकोमा हर्षित बन्दै आयोजक समितिलाई धन्यवाद दिए। यस अवसरमा आयोजक समितिद्वारा मुख्य अतिथि अनि विशिष्ट अतिथिगणलाई स्मृति चिन्ह प्रदान गरेर सम्मानित गरियो। भोलि ३ अगस्तको दिन २ वटा म्याच सम्पन्न गरिने छ। पहिलो म्याच नीमटार एफसी र सीएसए छुजाचेन अनि दोस्रो म्याच जेभीसी सिङ्ताम र माखा पावर टीम बीच भीड़न्त हुनेछ।

About Author

Advertisement