एसइईमा पाँच लाख आठ हजार ३९० विद्यार्थी सहभागी हुने

IMG-20250313-WA0183

Loading

काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको छ। परीक्षा नियन्त्रण कार्यालयले चैत ७ गते( मार्च २०)देखि सञ्चालन हुने कक्षा १० को परीक्षाको तयारी पूरा गरेको छ। सबै जिल्लामा प्रश्नपत्र पुर्‍याइएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।
यस वर्षको एसइईमा पाँच लाख आठ हजार ३९० विद्यार्थी सहभागी हुनेछन्। नियमितबाट ४ लाख ३३ हजार र ग्रेड बृद्धिबाट ७५ हजार २४५ विद्यार्थी परीक्षामा सहभागी हुने नियन्त्रक पौडेलले जानकारी दिए। हालसम्म २७९ परीक्षा केन्द्र बनाइएको छ भने आवश्यक परे थप केन्द्र पनि बनाइनेछ।
यस वर्षको एसइईमा एउटा सुधार केन्द्र र एउटा कारागारसहित तीनवटा विद्यालय बाहिरका केन्द्र बनाइएको छ। नियन्त्रक पौडेलका अनुसार काठमाडौं र दैलेखका दुई कारागारका विद्यार्थीले एसइई परीक्षा दिनेछन्। त्यसैगरी भक्तपुरको सुधार गृहबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ। यस वर्षको सिमामा कीर्तिपुरस्थित सफलता हिभी शिक्षा सदनका विद्यार्थी पनि सहभागी हुनेछन्। विद्यालयका चार एचआई संक्रमित विद्यार्थी पनि एसइई परीक्षामा सहभागी हुने नियन्त्रक पौडेलले जानकारी दिए। यस वर्षको एसईईको नतिजा लेटर ग्रेडिङ प्रणाली अनुसार हुनेछ। परीक्षा चैत १९ गते (अप्रिल १)सम्म सञ्चालन हुने बताइएको छ।

About Author

Advertisement