इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्टमा ब्राइट स्पोर्टिंग क्लब र कालेबुङ पुलिस विजयी

photocollage_202382231526383.jpg

Loading

२ अगस्तः कालेबुङ स्पोर्ट्स एसोसिएशनको आयोजनमा प्रतिष्ठित इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्ट बुधवारदेखि शुरु भयो। टुर्नामेण्टको पहिलो दिन स्थानीय मेला ग्राउण्डमा दुईवटा म्याच खेलियो। पहिलो म्याचमा सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लबले हिमालश्री एथलेटिक क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट खोकन रोयले ११औं मिनटमा गोल गरे। यसरी दोस्रो म्याचमा कालेबुङ जिल्ला पुलिसले दलसिंगपाड़ा स्पोर्टस एकाडमीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट नारजांग लेप्चाले २७औं र ५०औं मिनटमा २ गोल गरे। यसबाहेक लेण्डुप लेप्चाले ४५औं मिनटमा १ गोल गरे। यसरी दलसिंगपाड़ा स्पोर्टस एकाडमीबाट सौरभले ६८औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा १८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल क्रमशः १२ र १३ अगस्तमा हुनेछ। फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement