गान्तोक: आसमलिङजे बहुउद्देश्यीय सहकारी समाजले सिक्किम राज्य सहकारी संघ परिसरमा गाईको गोबर मल योजना शुरु गरेको छ। हाल यो मल २५ किलोग्रामको झोलामा उपलब्ध गराइएको छ। कार्यक्रममा सिक्किम राज्य सहकारी संघका अध्यक्ष डा. मंगलजीत राईले यो पहलको प्रशंसा गर्दै यस कार्यले सिक्किमका अन्य सहकारी संस्थाहरूलाई प्रेरित गर्ने बताए। संस्थाकी अतिरिक्त रजिस्ट्रार केसाङ यान्कीले सदस्यहरूलाई मल बिक्री गतिविधि बड़ाउने प्रोत्साहित गरिन्। उनले व्यवसायमा स्थिरताको महत्त्वमा जोड दिँदै दीर्घकालीन दिगोपनको लागि गुणस्तर र नियमित आपूर्ति कायम राख्ने कुरामा जोड दिइन्। पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल रबिन सेवाले खेतीमा जैविक मलको महत्त्वलाई जोड दिँदै यसलाई जिल्लाको शुक्रबारको फिल्ड डे अभियानसित जोड़ने बताए। समाजकी अध्यक्ष टीका खनालले विभाग र सिकोनलाई सहयोगको लागि कृतज्ञता व्यक्त गरिन्। कार्यक्रममा आसमलिङजे ग्राम पञ्चायत एकाईका पञ्चायत सदस्यहरू, सहकारी समिति बोर्ड सदस्यहरू र सिकोनका अधिकारीहरूको पनि उपस्थिति थियो।