आउँदो साल दिल्लीमा हुनेछ एशियन शूटिंग च्याम्पियनशीपको आयोजन

IMG-20260203-WA0196

नयाँ दिल्ली: भारतले आउँदो साल दिल्लीमा एशियन शूटिंग च्याम्पियनशीप (राइफल/पिस्टल)-को आयोजन गर्नेछ, जसमा २०२८-मा लस एञ्जिल्समा हुने ओलम्पिक खेलहरूका निम्ति ८ वटा कोटा सामेल रहनेछ। यो भारतीय शूटिंगको निम्ति महत्त्वपूर्ण उपलब्धि हुनेछ कारण देशले अगावै अन्य एउटा ओलम्पिक क्वालीफायरको आयोजन हासिल गरिसकेको छ। एशियन प्रतियोगितामा ओलम्पिकको निम्ति ८ वटा स्थान आउँदो साल २१-देखि ३० अप्रेलसम्म दिल्लीमा हुने वर्ल्ड कप (राइफल/पिस्टल/शटगन)-मा उपलब्ध १२ वटा कोटा स्थानहरूदेखि अतिरिक्त हुनेछ। एशियन शूटिंग परिसंघले भारतीय राष्ट्रिय राइफल संघ (एनआरएआई)-का अध्यक्ष कलिकेश सिंह देवलाई लेखेको पत्रमा यसको पुष्टि गरिएको छ। एनआरएआई-ले बताएअनुसार, प्रतियोगिताको आयोजन दिल्लीमा हुनेछ अनि यसको तारिखहरूलाई चाँडै अन्तिम रूप दिइनेछ। एशियन शूटिंग परिसंघले पत्रमा लेखेको छ, हामी भारतीय राष्ट्रिय राइफल संघलाई एशियन राइफल/पिस्टल च्याम्पियनशीप २०२७-को आयोजन हासिल गरेकोमा बधाई दिन्छौं, जहाँ लस एञ्जिल्समा २०२८-मा हुने ओलम्पिक खेलहरूको निम्ति ८ वटा कोटा स्थान वितरित गरिनेछ। तपाईंहरू (एनआरएआई)-को नेतृत्वमा च्याम्पियनशीपको आयोजन उच्चतम मानकहरू अनुरूप हुने अनि यो एउटा सफल प्रतियोगिता साबित हुने हामीलाई पूर्ण विश्वास छ। यसरी एनआरएआई-का महासचिव पवनकुमारले भने, यो ऐतिहासिक अवसर हुनेछ जब भारतले दुईवटा ओलम्पिक कोटा प्रतियोगिताहरूको आयोजन गर्नेछ अनि हामीलाई यसमाथि गर्व छ। हामी नयाँ दिल्लीको करणी सिंह रेञ्जमा आईएसएसएफ वर्ल्ड कप (राइफल/पिस्टल/शटगन) र राइफल एवम् पिस्टलमा एशियन च्याम्पियनशीपको आयोजन गर्नेछौं। एशियाई च्याम्पियनशीपको तारिखहरूको घोषणा पछिबाट गरिनेछ तर अन्तर्राष्ट्रिय शूटिंग खेल महासंघ (आईएसएसएफ)-ले प्रमुख प्रतियोगिताहरूको सफल आयोजन गर्ने हाम्रो क्षमतामाथि भरोसा देखाएकोमा हामी खुशी छौं।

About Author

Advertisement