आईसीसी ऱ्याङकिंगमा कप्तान रोहितको साथमा कुलदीप यादवलाई फाइदा

IMG-20250312-WA0337

Loading

दुबई: आईसीसी च्याम्पियन्स ट्रफीको खिताब जित्ने भारतीय कप्तान रोहित शर्मा वनडे ब्याटरहरूका ऱ्याङकिंगमा तेस्रो स्थानमा पुगेका छन् जबकि उनका साथी शुभमन गिल शीर्ष स्थानमा कायम रहेका छन्। भारतले दुबईमा न्यूजील्याण्डलाई ४ विकेटले पराजित गरी च्याम्पियन्स ट्रफी जितेको थियो। आईसीसीद्वारा जारी नवीनतम ऱ्याङकिंगमा टुर्नामेण्टमा २१८ रन बनाउने विराट कोहली पनि शीर्ष पाँच (पाँचौं स्थान) मा कायम छन्। ऱ्याङकिंगमा न्यूजील्याण्डका ब्याटरहरूले पनि प्रगति गरेका छन्। डेरिल मिचेल एक स्थान अघि बढ़ेर छैटौं अनि अलराउण्डर रचिन रविन्द्र १४ स्थानको जम्प लगाएर १४औं स्थानमा पुगेका छन्। ग्लेन फिलिप्स पनि ६ स्थान अघि बढ़ेर २४औं स्थानमा पुगेका छन्। बलरहरूका ऱ्याङकिंगमा न्यूजील्याण्डका कप्तान मिचेल सेण्टनर च्याम्पियन्स ट्रफीमा हासिल गरेको ९ विकेटको सहायताले ६ स्थानको सुधार गरी सीधै दोस्रो स्थानमा पुगेका छन् । शीर्ष स्थानमा श्रीलंकाका महेश थीक्ष्णाको पछि रहेका छन्। भारतका रविन्द्र जडेजा र कुलदीप यादवको स्पिन जोड़ीलाई पनि फाइदा भएको छ। टुर्नामेण्टमा ७ विकेट लिने कुलदीप तेस्रो स्थानमा पुगेका छन् जबकि जडेजा ५ विकेटको साथ दशौं स्थानमा छन्। अफगानिस्तानका अजमतुल्लाह उमरजई एकदिने अलराउण्डरहरूका ऱ्याङकिंगमा शीर्ष स्थानमा कायम छन्।

About Author

Advertisement