आईएसएल-मा पहिलोपल्ट च्याम्पियन बन्यो एटीके मोहन बगान

IMG-20230319-WA0006.jpg

Loading

१८ मार्चः रोमाञ्चक पेनल्टी शूटआउटमा जीतको साथ एटीके मोहन बगानले पहिलोपल्ट इण्डियन सुपर लीग (आईएसएल) च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। शनिवार राति गोवाको पण्डित जवाहरलाल नेहरु स्टेडियममा खेलिएको फाइनलमा कलकत्ताको टीमले बेंगलुरु एफसी-लाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो।

नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा एटीके मोहन बगानबाट दुवै गोल दिमित्री पेट्राटोसले पेनल्टीबाट छिराए। उनले १५औं र ८५औं मिनटमा पेनल्टीबाट गोल गरे। यसरी नै बेंगलुरु एफसी-बाट सुनिल छेत्रीले मध्यान्तर अघि स्टपेज टाइमको पाँचौं मिनटमा पेनल्टीबाट पहिलो गोल गरे।

त्यसपछि रोय कृष्णाले ७८औं मिनटमा दोस्रो गोल गरे। नियमित नब्बे मिनटमा स्कोर २-२-को बराबरीमा रहेपछि अतिरिक्त समयको खेल भयो, जसमा दुवै टीमले थप गोल गर्न सकेन।

About Author

Advertisement