Sunday, September 19, 2021
Home अन्य साहित्य/कला वसन्त थापाका तीनवटा बालकविता विमोचित

वसन्त थापाका तीनवटा बालकविता विमोचित

बाग्राकोट, २ अगस्त २०२१: भारतीय नेपाली साहित्य का प्रतिष्ठित कवि वसन्त थाापाले एकैचोटि तीनवटा बाल कविता सङ्ग्रह पाठकलाई दिएर बाल साहित्य मा ‘वसन्त-बहार’ ल्याएका छन्। पश्चिम डुवर्सको मनोरम गाउँ कालागैँतीमा हिजो एक सामान्य कार्यक्रममा जब उनका तीनवटा बालकृति ‘हनुमानको अनुमान’, ‘देश र फुच्चे’ अनि ‘हराएका रोल नम्बरहरू’ एकैचोटि विमोचित भए, त्यसबेला यही भावमा वक्ताहरूले मन्तव्य गरिरहेका थिए।

डुवर्स नेपाली साहित्य विकास समितिको आयोजन र समाजसेवी रविन थापाको सौजन्यमा विमोचन कार्यक्रम सम्पन्न भएको थियो। विमोचन समारोह यसअघि गोरुबथानमा हुने सार्वजनिक भए तापनि कोबिड-१९ को परिस्थिति, प्रोटोकल र प्रशासनिक निर्देशलाई ध्यानमा राख्दै समारोह आकस्मिक रूपमा कालागैँतीमा सारिएको विकास समितिले जनाएको छ। यी तीनवटै पुस्तक विकास समितिद्वारा प्रकाशित गरिएको हो।

प्रतिष्ठित साहित्यकार तथा साहित्यानुरागीहरूको सीमित उपस्थितिमा आयोजित कार्यक्रममा नेपाली भाषा परामर्श मण्डली, साहित्य अकादमी, नयाँ दिल्लीका सदस्य डा. जीवन राणा मुख्य अतिथिका रूपमा उपस्थित थिए भने समाजसेवी दिलीप तिवारी, बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्मा र साहित्यसेवी अभिषेक छेत्री अतिथिका रूपमा आसिन थिए। डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष सितम मोक्तानले समारोहको अध्यक्षता गरेका थिए।

“बाल साहित्यमा एकैचोटि तीनवटा उत्कृष्ट कृतिहरू दिएर वसन्त थापाले बाल साहित्यमा वसन्त-बहार ल्याएका छन्। हाम्रो निम्ति यो सुखद् र ऐतिहासिक क्षण हो”, थापाका बाल कविताहरूको सिंहावोलकन गर्दै समालोचक रूपेश शर्माले भने। शिशु, बाल र किशोरावस्थाका तीनवटै उमेरलाई ध्यानमा राखेर उनीहरूकै भाव, मनोविज्ञान र चेतनास्तरमा खाप खानेगरी थापाले बालकृतिहरूको सिर्जना गरेको समालोचक शर्माले बताए। उल्लेखनीय छ, डा. कविता लामाले आफ्नो भूमिकामा ‘हराएका रोल नम्बरहरू’-लाई “भारतीय नेपाली बाल साहित्यमा पहिलो किशोर कविता सङ्ग्रह” बताएकी छन्। आफ्नो मन्तव्यमा वसन्त थापाले बंग्ला साहित्यको ‘छडा’-बाट आफू बाल कविताहरू लेख्न प्रेरित बनेको बताए। पहिलो बाल कविता सङ्ग्रहको प्रकाशनपछि पाठकहरूका उत्साहप्रद सराहनाले आफूलाई थप जिम्मेवार र संवेदनशील बनाएको उनले जनाए। थापाले भने,”डुवर्समा अहिले साहित्य-सङ्गीतको फसल लहलह भएको छ। यो फसल बद्रीनारायण प्रधान, सुखमन मोक्तान, कितापसिंह राई, इन्द्रबहादुर गुरुङहरूले रोपेको हो। त्यसकारण यसको श्रेय मेरो व्यक्तिगत होइन। व्यक्तिभन्दा संस्था ठूलो हो। व्यक्तिले गर्न नसकेको काम संस्थाले गर्न सक्छ। हामी कामको नेतृत्त्व पंक्तिमा पुग्नुपर्छ। नेतृत्त्व व्यक्तिको दिवास्वप्नले होइन, सङ्घर्षले जन्माउँछ।” यी पुस्तकले प्रशंसा पाए त्यो डुवर्सको प्रशंसा हुने उनको भनाइ थियो।
मुख्य अतिथिको आसनबाट बोल्दै साहित्यकार डा. जीवन राणाले डुवर्सका पाँचवटा बालकृतिमध्ये चारवटा वसन्त थापा एक्लैले लेखेको जानकारी गराए। “सानो कार्यक्रम भए पनि हामी ऐतिहासिक महत्त्व बोकेको लोकार्पण समारोहमा छौं”-उनले भने,”तीनवटा स्तरीय बालकृतिहरूको एकैचोटि प्रकाशन गरेर डुवर्स नेपाली साहित्य विकास समितिले प्रशंसनीय काम गरेको छ।” बाल साहित्यको श्रीवृद्धिमा साहित्य अकादमी, नयाँ दिल्लीले चालेका कदमहरूका बारे पनि उनले अवगत गराए। बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका भूतपूर्व मेधावी छात्रको रूपमा थापाको आजसम्म ख्याति रहेको जिकिर गर्दै प्रधानाध्यापक सागर शर्माले विद्यालयको पक्षबाटै उनलाई बधाई दिए। थापाका बालसखा एवं वरिष्ठ गीतकार/कवि गणेश गजमेरले वसन्तका कविताले बाल साहित्यमा एउटा नयाँ आयाम थपेको बताए। आफ्नो अध्यक्षीय सम्बोधनमा सितम मोक्तानले यसलाई ‘ऐतिहासिक समारोह’-को रूपमा चित्रण गरे। उनले भने,”साहित्यका ‘क्रिम’-हरूको उपस्थितिले यो समारोहलाई छुट्टै विशेषता प्रदान गरेको छ।”

वसन्त थापाको काव्यात्मक विशेषता कोट्याउँदै मोक्तानले भने,”नानीहरू कवितामा आकृष्ट हुनु कविको सफलता हो। थापामा गीतप्रति तीव्र लगाव छ। यिनका बाबु पनि श्लोक भन्थे। काव्यात्मक गेयात्मकता यिनको जिनमै छ।” समाजभित्र पसेर थापाले बाल साहित्यको निर्माण गरेको उनले बताए।
समारोहमा स्वागत वक्तव्य राख्दै विकास समितिका मूल सचिव रविन खवासले सानो कार्यक्रम भए पनि यसको ऐतिहासिक महत्त्व रहेको जिकिर गरे। निबन्धकार अजय खड्काले कार्यक्रमलाई कुशल सञ्चालन गरेका थिए। समारोहको शुरुमा दिवङ्गत समाजसचेतक सुखमन मोक्तानको स्मृतिमा एक मिनटको मौन धारण गरिएको थियो। उल्लेखनीय छ, पुस्तक प्रकाशनमा आर्थिक सहयोग प्रदान गरेका अभिषेक छेत्रीको सहभागितासहितको यस कार्यक्रमको अन्तमा रूपेश शर्मा, प्रदीप ‘पतझड’, सागर शर्मा, प्रभात थापा आदिले केही सेट पुस्तक किनेर कविलाई प्रोत्साहन प्रदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

आइ लव निरपानियाँ पेनल्टी शूटआउटमा विजयी

१९ सेप्टेम्बर २०२१। निरपानियाँ युवा सङ्घ (एनवाईएस), निरपानियाँको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्ट २०२१-को उद्घाटन म्याचमा आज आइ लव निरपानियाँले डुवर्स एकादशलाई...

पंजाबका नयाँ मुख्यमन्त्री बने दलित नेता चरणजीत चन्नी

सोमबार बिहान ११ बजे हुनेछ शपथ ग्रहण नयाँ दिल्लीl क्याप्टन अमरिन्दर सिंहले राजीनामा दिएको २४ घण्टापछि आखिरमा...

दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ, १९ सेप्टेम्बर २०२१। जिल्ला प्रशासनको डेली रिपोर्ट अनुसार, आज एक दिनमा कुल २३ जना दार्जीलिङ जिल्ला मा कोरोनाले संक्रमित भएको जानकारी छ।

राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

गान्तोक, १९ सेप्टेम्बर २०२१। सिक्किममा गत २४ घण्टामा कोरोना संक्रमणको ६२ नयॉं मामिला अघि आएको छ भने कोरोनाको संक्रमणबाट आज कसैको मृत्यु...

Recent Comments

Farindra on राेजगार