Tuesday, January 18, 2022
Home अन्तर्राष्ट्रिय १६ वर्षीया किशोरी आभा बनिन् फिनल्यान्डमा एकदिनको प्रधानमन्त्री

१६ वर्षीया किशोरी आभा बनिन् फिनल्यान्डमा एकदिनको प्रधानमन्त्री

अनिल कपुर एकदिनको निम्ति मुख्यमन्त्री बनेको सिनेमा ‘नायक’ धेरै चलेको चलेको होl एकदिनको निम्ति मुख्यमन्त्री वा प्रधानमन्त्री बन्नु वास्तविक रुपमा सम्भव हुनसक्दैन र यो केवल सिनेमाको काल्पनिक कथा मात्र सम्भव हुन्छ भन्ने धारणा फिनल्यान्डको घटनाले गलत साबित गरिदिएको छl
फिनल्यान्डमा एक जना १६ वर्षीया किशोरीलाई एकदिनको निम्ति प्रधानमन्त्रीको पद सुम्पिएको छ। त्यहाका प्रधानमन्त्री सन्ना मरिनले दक्षिण फिनल्यान्डको वास्कीकी १६ वर्षीया किशोरी आभा मुर्टोलाई प्रधानमन्त्रीको पद सुम्पिएका छन्। प्रधानमन्त्री सन्ना मरिनले किशोरीहरुको अवाजलाई बुलन्द गर्न र सशाक्तिकारणको निम्ति यस्तो कदम उठाइएको फिनिस सरकारको आधिकारिक ट्विटर पेजमा उल्लेख गरिएको छ। किशोरीहरुको अधिकारलाई सशक्त पार्न आभा मुर्टोलाई एकदिनको निम्ति प्रधानमन्त्रीको चौकी सुम्पिएको ट्विटरमा उल्लेख गरिएको छ। प्रधानमन्त्रीको पदमा बसेको दिनलाई आभाले आफ्नो निम्ति रोमाञ्चक दिन रहेको बताएकी छिन्। फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन आफू स्वयं पनि युवा हुन्। एकदिनको प्रधानमन्त्री बनेकी आभाले देशको प्रधानमन्त्री बन्दाको क्षणलाई आफ्नो जीवनको पातामा अति नै विशेष रहेको बताएकी छिन्। प्रधानमन्त्रीको पदभार लिएपछि उनले न्यायका चान्सलरसँग बैठक गरिन् भने सञ्चार माध्मयसँग विशेष कुराकानी पनि गरिन्।
आभाले जलवायु परिवर्तन र मानव अधिकारसँग सम्बन्धित मुद्दाको बारेमा प्रचारप्रसार गर्दै आएकी छिन्। उनलाई गर्ल्स टेकओभर नामक अभियानमार्फत एकदिनका निम्ति प्रधानमन्त्री बनाइएको हो।
यस पहलको मुख्य उद्देश्य किशोरीहरुको डिजिटल क्षमतालाई वृद्धि गराउन र अवसरहरुका बारेमा जानकारी दिनु रहेको छ।

2 COMMENTS

  1. I was very amazed to find the translation ability of the site. It was lightening fast which saved my valuable time.
    Thank U.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बलिउड फिल्ममा खलनायकको अमिट छाप बसाल्ने लोकप्रिय अभिनेता ‘डेनी’

मुम्बई: बलिउड फिल्महरू खलनायक बिना अधुरो मानिन्छ र यो चलन ६० को दशकदेखि चल्दै आएको छ। खासगरी ८० र ९० को दशकमा...

नागरिकता अधिनियम लागु गर्ने मागमा पार्टीसित क्षुब्ध भाजपा नेता

कोलकता। राज्य विधानसभा चुनावमा कड़ा प्रतिस्पर्दापछि भाजपाको असुविधा कम हुने नाम लिइरहेको छैन। अब पार्टीबाट क्षुब्ध मतुआ समुदायको वरिष्ठ नेता आफ्नो केन्द्र...

कालेबुङ क्षेत्रको बेग्लाबेग्लै ठाउँमा २ वटा घर जलेर खरानी

  कालेबुङ: कालेबुङ ग्राम पञ्चायत अधिनस्थ ८ माइल नर्सरी गाउँ निवासी अम्बर बहादुर छेत्रीको घर राती २ बजे  आगलागी हुँदा खरानी भएको छ।...

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

Recent Comments

Farindra on राेजगार