Sunday, September 19, 2021
Home अन्तर्राष्ट्रिय विश्वका शक्तिशाली दम्पती कोरोना संक्रमित

विश्वका शक्तिशाली दम्पती कोरोना संक्रमित

विश्वका शक्तिशाली देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उनकी पत्नी मेलिनिया ट्रम्प कोभिड-१९ संक्रमित भएका छन्l ७४ वर्ष पुगेका राष्ट्रपति ट्रम्पले आफैले यस बारेमा जानकारी दिएका छन्l उनको करिबी ३१ वर्षिया महिला सल्लाहाकार होप हिक्स संक्रमित पाइएपछि उनले कोभिडको जाँच गराएका थिएl साताको शुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयरफोर्स वानमा उनीसँगै थिइन्। मङ्गलबार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो।
अमेरिकामा राष्ट्रपतिको चुनावको ३४ दिन अघि राह्त्रपति ट्रम्प र उनकी पत्नी मेलिनिया ट्रम्प कोभिडद्वारा संक्रमित भएका छन्l वर्ल्ड मीटर डट कमअनुसार यति बेला अमेरिकामा कोभिडको संक्रमण सङ्ख्या ७४ लाख ९४ हजार ६७१ पुगेको छ भने २ लाख १२ हजार ६६० जनाको मृत्यु भइसकेको छl

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

Recent Comments

Farindra on राेजगार