Thursday, October 21, 2021
Home अन्तर्राष्ट्रिय मार्च महिनामा बङ्गलादेशमा हिंसा भड्काउने आतङ्की ढाकामा पक्राउ

मार्च महिनामा बङ्गलादेशमा हिंसा भड्काउने आतङ्की ढाकामा पक्राउ

ढाकाl प्रधानमन्त्री नरेन्द्र मोदीको मार्च २०२१ को ढाका यात्रापछि बङ्गलादेशमा हिंसा भड्काउने मास्टर माइन्ड आतङ्कीलाई ढाकाको गुप्तचर पुलिसले पक्राउ गरेको छ। जानकारी अनुसार ढाका मेट्रोपोलिटन पुलिसको गोप्य शाखाले आतङ्की संगठन हिफाजत-ए-इस्लामसित जुड़ेको रिजवान रफीकलाई पक्राउ गरेको छ। रिजवानमाथि प्रधानमन्त्री नरेन्द्र मोदीको बांग्लादेश यात्राको समय ढाकामा हिंसा भड्काएको आरोप छ।

बङ्गलादेशको गोप्य शाखाका अतिरिक्त आयुक्त एकेएम हाफिज अख्तरअनुसार रफीकलाई शुक्रबार राति मुग्दा क्षेत्रबाट पक्राउ गरिएको छ। ढाकामा २६ मार्चमा भएको हिंसाको क्रममा त्यस विरूद्ध पटलन थानामा मुकदमा दर्ता गरिएको थियो। आतङ्कीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यात्राको विरोध गर्दै बङ्गलादेशमा हिंसा भड्काएर स्थितिलाई बिगार्न चाहन्थ्यो। अख्तरअनुसार रिजवानले यसको निम्ति फेसबुक समेत अन्य सोसियल प्लेटफार्ममा भड्काउ पोस्ट साझा गरेर संगठित रूपमा हिंसा फैलाउने प्रयास गरेको थियो। यसबाहेक उसले अन्य इन्टरनेट मीडिया प्लेटफार्ममा पनि आतङ्की संगठनहरूका शीर्ष मुखियाहरूको समर्थन गरी माहोललाई बिगार्ने गर्ने काम गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

मन्त्री सामडुप लेप्चाद्वारा पैहोग्रस्त क्षेत्रको निरीक्षण

गान्तोक। भारी वर्षाको कारण सिक्किमभर धेरै सडक पूर्वाधार क्षतिग्रस्त बनेको छ। य सडक तथा पुल विभाग मन्त्री सामडुप लेप्चाले  आज रम्फू पुलको...

Recent Comments

Farindra on राेजगार