Thursday, August 5, 2021
Home अंतरराष्ट्रीय मंकीपक्सको त्रासमा अमेरिका

मंकीपक्सको त्रासमा अमेरिका

२२ जुलाई २०२१: अमेरिकाले मंकीपक्स संक्रमित हुनसक्ने आशंकामा २७ राज्यका दुई सयजनालाई निगरानीमा राखेको छ। हालै नाइजेरियाबाट अमेरिका फर्किएका टेक्ससको डल्ला- सका एक व्यक्ति मंकीपक्स संक्रमित पाइएपछी ती ब्यक्तिको सम्पर्कमा आएका र सम्भावित सक्रमितलाई मध्यनजर गर्दै दुई सयजनालाई निगरानीमा राखिएको हो। निगरानीमा राखिएका दुई सयजना ती बिरामीसँग ६ फिटको दूरीभित्र रहेर विमानमा यात्रा गरेका यात्रुदेखि विमानमा उनले प्रयोग गरेको बाथरुम प्रयोग गर्नेहरु समेत छन्। यसबाहेक उनको नजिक गएका फ्लाइट अटेन्डेन्ट, पछि बाथरुम सफा गरेका कर्मचारी तथा बिरामीको सम्पर्कमा आएका परिवार र आफन्तको पनि निग- रानी भइरहेको छ।
लागोसबाट टेक्सस फर्किने क्रममा नाइजेरियाली ती नागरिक यही जुलाई ८ र ९ का दिन बीचमा जर्जीयाको एटलान्टा शह- रमा बसेका थिए। यसको करिब एक हप्तापछि उनी संक्रमित भएको पुष्टि भएको थियो। मंकीपक्स संक्रमण हुँदा फ्लुजस्तै लक्षण देखिनुका साथै शरीरमा दानाहरु देखा पर्छन्। यो संक्र- मण शरीरको तरल पदार्थ र श्वास प्रश्वास मार्फत एक मानिस बाट अर्को मानिसमा सजिलै सर्ने गरेको छ। संक्रमण पुष्टि भएपछि यी व्यक्तिलाई अस्पतालमा आइसोलेसनमा राखिएको छ। मंकीपक्स संक्रमितमध्ये करिब १० प्रतिशतको मृत्यु हुने गरेको छ। चीनमा मंकीपक्स भाइरसका कारण गत मंगलबार मात्रै एकजनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार