Thursday, October 21, 2021
Home अन्तर्राष्ट्रिय भारत-म्यान्मार-थाईल्याण्ड त्रिपक्षीय अन्तर्राष्ट्रिय मार्गले तीन देशको सम्बन्ध दह्रो बन्ने

भारत-म्यान्मार-थाईल्याण्ड त्रिपक्षीय अन्तर्राष्ट्रिय मार्गले तीन देशको सम्बन्ध दह्रो बन्ने

कुशीनगरl भारतमा थाईल्याण्डकी राजदूत पट्टारट होङटोङले महत्वाकांक्षी भारत-म्यान्मार-थाईल्याण्ड त्रिपक्षीय अन्तर्राष्ट्रिय मार्गले इण्डो-थाई-म्यान्मारको सम्बन्ध अझ् प्रगाढ बन्ने बताएकी छन्। ‘सड़क पुरा हुँदा तीनै देशबीच व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदान बढ्नेछ। तीनै देशले संयुक्त रूपमा करिब १४०० किमी लामो यस राजमार्गमा काम गरिरहेका छन्। थाईल्याण्ड र म्यान्मारको सड़क मार्ग भारतसित जोड़िन्दा तीनै देशको कारोबार, व्यापार, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रलाई भारी वृद्धि हासिल हुनेछ’, थाईल्याण्डकी राजदूत पट्टारट होङटोङले भनिन्। थाई राजदूतले शनिबार कुशीनगरमा पत्रकारहरूसित यसको भनेकी हुन्। उनले भनिन्, ‘कुशीनगर इन्टरनेशनल एय़रपोर्टबाट उडान शुरू हुँदा थाईवासीहरूलाई धेरै सुविधा हुनेछ। थाई सरकारले छिट्टै नै भारत सरकारसित वार्ता गरी शीघ्र उड़ान शुरू गर्नलाई भन्नेछ। कोभिड-१९ को समाप्तिपछि थाईल्याण्ड-कुशीनगर उडान सेवा छिटोभन्दा छिटो शुरू गर्ने प्रयास रहनेछl’

एक प्रश्नको उत्तरमा राजदूतले भनिन्, ‘अफगानिस्तानबाट सबै थाई नागरिकहरूलाई सकुशल स्वदेश बोलाइएको छ। थाई बुद्धिस्ट मोनास्ट्री कुशीनगरमा अस्थायी रूपमा राहदानी कार्यालयमा कार्य जारी रहनेछ। थाई दूतावास दिल्लीमा कर्मचारीहरूको सङ्ख्या कम छ। यसैले यहाँ स्थायी राहदानी कार्यालय अहिले स्थापित गर्नु सम्भव छैन। स्थायी कार्यालयको निम्ति भविष्यमा विचार गरिनेछ। कुशीनगरमा दुई दिनको निम्ति खोलिएको राहदानी कार्यालयमा करिब चार दर्जन थाई राहदानी सम्बन्धी काम भएको छl’ तीनै देशको ट्राफिक त्रिपक्षीय हाईवेमा भारत, म्यान्मार र थाईल्याण्डको ट्राफिक एकसाथ चल्नेछ। हाईवे भारतको पूर्वी क्षेत्रहरूको मोरेहदेखि म्यान्मारको तामू शहर जानेछ। रादजूतले शनिबार थाई बौद्ध गुम्बामा पत्रकारहरूसित कुराकानी गर्दै उनले बताएकी हुन्। उनले भनिन्, ‘निर्माणाधीन १४०० किमी इण्डिया-म्यान्मार-थाईल्याण्ड त्रिपक्षीय राजमार्ग भारतको मणिपुरको मोरेदेकि म्यान्मारको तामू शहर हुँदै थाईल्याण्डको मेई सेत जनपदको ताकसम्म जानेछ। थाईल्याण्डमा रोड निर्माणको धेरै कार्य भईसकेको छ। भारत र म्यान्मारबीच सड़कको निर्माण भइरहेछ। थाईल्याण्ड म्यान्मारको सहयोग गरी तीव्र गतिमा निर्माण कार्य गराइनेछ। भविष्यमा यो रोड कोलकातासम्म जानेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

मन्त्री सामडुप लेप्चाद्वारा पैहोग्रस्त क्षेत्रको निरीक्षण

गान्तोक। भारी वर्षाको कारण सिक्किमभर धेरै सडक पूर्वाधार क्षतिग्रस्त बनेको छ। य सडक तथा पुल विभाग मन्त्री सामडुप लेप्चाले  आज रम्फू पुलको...

Recent Comments

Farindra on राेजगार