Thursday, August 5, 2021
Home अंतरराष्ट्रीय ‘पेगासस’ मामला पत्रकारमाथि दुरुपयोगको आरोप

‘पेगासस’ मामला पत्रकारमाथि दुरुपयोगको आरोप

नयाँ दिल्ली, २१ जुलाई २०२१: भारतमा केवल सरकारका ला- गि लाइसेन्स प्राप्त शक्तिशाली निगरानी गर्ने जासुसी उपकरण पत्रकार सहित विभिन्न ठूला अधिकारीहरुमाथि दुरुपयोग भए को खुलासा भएको छ। यसबारे संचार एजेन्सी द वायरका सहसंस्थापक सिदार्थ भरदरजनले भनेका छन्, “अवश्य पनि यो भयावह कुरा हो। यो वास्तवमै ठूलो व्यक्तिगत अतिक्रमण हो। कसैले पनि यसमार्फत गुज्रिनु नपरोस्।” द वायर सहित विश्व भरका १६ अन्तर्राष्ट्रिय मिडियाहरुले ‘पेगासस’ नामक जासुस यन्त्र र लिक भएको डाटा सम्बन्धी अनुसन्धान गरि यस्तो पत्ता लगाएका हुन्। पेगाससले कुनै पनि लक्षित व्यक्तिको फोनलाई संक्रमित गरिसकेपछि गोप्य रुपमा प्रयोगकर्ताको फोनका क्या- मेरा र माइक्रोफोनको रेकर्डिङ, लोकेसन सम्बन्धी डाटा, फोन वार्ता, फोन कन्ट्याक्स सबै सामग्रीको पहुँच पाउन सकिन्छ। यसले प्रयोगकर्ताको जीवनका संवेदनशील जानकारी हरु दि- लाउन सक्छ।
यसरी भारत मात्र नभइ विश्वव्यापी रुपमै जारी मोबाइल जासु- सीको शिकार भएका नेता, अभियन्ता, पत्रकार र वकिलहरु यसको शिकार भएको पाइएको छ। यो जासुसीको उपकरण इजरायली सफ्टवेयर फर्म एनएसओ ग्रुपले विभिन्न देशका स- रकारलाई आतंकवादसँग लड्नका लागि भनेर बिक्री गरेको थियो। तर, फर्मका ५० हजार भन्दा बढी ग्राहक, जसमध्ये ३०० भारतीयहरुको सम्पूर्ण डाटाबेस लिक भएको पाइएको छ। प्रयोगकर्तालाई थाहै नदिइ उनको मोबाइललाई पेगासस मार्फत ह्याक गरिएको यो पहिलो घटना भने होइन। यसअघि पनि वि- भिन्न मानव अधिकारवादी अभियन्ता र पत्रकारहरुमाथि यसको प्रयोग गरिएको खबर बाहिर आएको थियो। अहिलेको घटनामा चाहिँ लिक भएका डाटा कहाँबाट आयो या कसको दिर्नेशनमा ह्याक गर्न लगाइयो अनि कतिवटा फोन ह्याक भएका छन् भन्ने स्पष्ट भइसकेको छैन। २०१९ मा जसरी नै अहिले पनि एनएस- ओले आफ्नो कुनै गलती नभएको दाबी गर्दै आएको छ र सबै आरोप भ्रामक भएको समेत ठहर गरेको छ। बीबीसीसँग कुरा गर्दै फर्मका प्रवक्ताले भनेका हुन्, “हामीले विश्वसनीय श्रोत बाट प्राप्त दुरुपयोगका दाबीहरु सम्बन्धी अनुसन्धान गरिरहेका छौँ र नतिजाका आधारमा उपयुक्त कदम उठाउनेछौँ।”
यता प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेतृत्व सरकारले पनि अवैध निगरानी सम्बन्धी आरोपहरु अस्वीकार गरेको छ। भारतमा देशको सार्वभौमिकताको हितका निम्ति मात्र फोन ट्याप गर्न पाइन्छ जसमा गृह मन्त्रालयका सबैभन्दा वरिष्ठले यसको अनु- मति या आदेश दिनुपर्ने हुन्छ। यस्तोमा यी प्रक्रियाहरु अहिले सम्म पुर्याउन नसकिएको बताइन्छ। २०१९ मा भारतको सांस- दमा भएको एक बहसका बेला नेता केके रागेसले त्यस समय सरकारसँग पेगासस भारतमा आयो कसरी भन्ने प्रश्न गरेका थिए र सरकारविरुद्ध लडिरहेकालाई नै किन लक्षित गरिँदैछ भनेर सोधेका थिए। एनएसओ फर्मले चाहिँ आफूहरुले केवल सरकार पक्ष र आधिकारिक सुरक्षा निकायहरुलाई मात्र आतङ्कवाद सँग लड्न या अपराधीलाई रोक्न अनि जीवन बचाउने उद्देश्यले आफ्ना उत्पादन विक्री गर्ने गरेको स्पष्ट पार्दै आएको छ। भरतमा वैधानिक तरिकाले केवल १० एजेन्सीहरुले मात्र फोन ह्याक गर्न पाउँछन्। ती मध्येको सबैभन्दा शक्तिशाली निकाय ‘इन्टेलिजेन्स ब्युरो’ हो। यसले खतरनाक परिस्थिति बाहेक उच्च पदका उमेदवार जस्तै न्यायधिश लगायतहरुमाथि व्यक्तिगत जाँ- च गर्ने गरेको छ।
हल लिक भएका डाटामा प्रमुख विपक्षी नेता राहुल गान्धी, उन- का नजिकी स्टाफ, सल्लाहकार सहित मोदी सरकारका अवरो- धक मानिने प्रमुख निर्वाचन अधिकारी असोक लाभासको न- म्बर पनि फेला पारिएको छ। त्यस्तै यसमा वरिष्ठ सरकारी अधिकारी, ठुल्ठुला व्यवसायी, सार्वजानिक स्वास्थ्य प्रमुख, तिब्बतबाट निर्वासित अनि विदेशी कूटनीतिज्ञहरुका जानकारी पनि लिक गरिएको छ। यति मात्र नभइ मोदी सरकार ढाल्ने आरोप लगाइएको एक आलोचक समूहको नाम पनि सूचीमा देखा परेको छ। गान्धीले यस सम्बन्धी कडा निन्दा गर्दै देशको लोकतान्त्रिक जग नै खतरामा परेको र यसका पछाडि जोसुकै भए पनि कडा कारबाही गरिनुपर्ने बताएका हुन्।
त्यस्तै डाटामा देखा परेको एउटा नम्बर चाहिँ पाकिस्तानी प्रधा- नमन्त्री इमरान खानले प्रयोग गरेको फोन नम्बर भएको पनि पाइएको छ। खानले यसबारे केही प्रतिक्रिया जनाएका छैनन्।
वासिङटन पोस्टसहित विश्वभरका १६ अन्तर्राष्ट्रिय मिडियाहरु को अनुसन्धानमा भारतबाट मात्र एक हजार फोन नम्बरहरु लिक भएको अवस्थामा फेला पारिएको हो। तर, यसमा कति फोनहरुमा अवैध निगरानी सफल रह्यो भन्ने चाहिँ स्पष्ट भएको छैन। यसमा मोदी सरकारले २०१८ मा विवादास्पद तरिकाले फ्रान्सबाट लडाकु विमान खरिद गरेको सम्बन्धी रिपोर्ट गर्ने सं- चारकर्मी सुशान्त सिंहको फोनमा पनि यही महिनासम्म पेगा- सस सक्रिय रहेको पाइएको हो। यसरी संचारकर्मीहरुलाई लक्षित गर्नुले सबैका लागि त्रासपूर्ण र असुरक्षित वातावरण सिर्जना गराएको हुँदा देशको लोकतन्त्रलाई नै कमजोर तुल्याए को सिंहले प्रतिक्रिया दिएका छन्। एम्नेस्टी इन्टरनेस्नलले पनि खुला रुपमा एनएसओको जासुसी यन्त्रबारे आलोचना गरेको छ। तर भारत सरकारले यी सबै भनाइहरु आधार विहिन भएको दाबी गरिरहेको छ। एनएसओले पनि अनुसन्धानमा पत्ता लागे का खोजहरु बढाइ चढाइ प्रस्तुत गरिएको आरोप लगाएको हो र आफ्नो प्रविधिले आतङ्की हमला र बमबारीबाट जोगाउन मद्दत गर्नुका साथै लागू औषध, मानव तस्कार लगायतका ठु- ल्ठुला अपराधिक गतिविधि रोक्न सफल भएको जोड दिइरहे को छ। *बीबीसी र वासिङटनपोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार