Tuesday, January 18, 2022
Home अन्तर्राष्ट्रिय पृथ्वीतिर नजिकिंदै छ ठूलो ऐस्टेरोयड!

पृथ्वीतिर नजिकिंदै छ ठूलो ऐस्टेरोयड!

१५ फरवरी २०२१: विश्वको सबैभन्दा अग्लो मूर्ति ‘स्टेचू अफ यूनिटी’ हो। गुजरात राज्यमा लौह पुरुषको नामले चिनिने सरदार बल्लभभाई पटेलको यो मूर्ति १८२ मिटर अग्लो छ। यो मूर्तु ५८ मिटर अग्लो प्लेटफार्ममा उभिएको छ। भन्न सकिन्छ यसको कुल ‘हाइट’ २४० मिटर छ।
अब कल्पना गर्नुहोस् यस प्रतिमाको आकारभन्दा धेरै ठूलो र यसभन्दा हजारौँ गुणा भारी कुनै प्राकृतिक संरचना पृथ्वीतिर आइरहेको होस! सुन्नासाथ तपाई चिन्तित भए जस्तै अहिले संसारभरीका वैज्ञानिक चिन्तित भएका छन् किनकी यस्तै एउटा प्राकृतिक चट्टान पृथ्वीतिर अघि बढी रहेको छl हाम्रो सौर्यमण्डल यस्ता लाखौं लाख चट्टानले भरिभराउ छन्। यी खगोलीय पिण्ड पनि अन्य ग्रहजसरी सूर्यको परिक्रमा गर्छन्। यी चट्टानलाई क्षुद्रग्रह (ऐस्टेरोयड) भनिन्छ , र सूर्यको परिक्रमा गर्ने क्रममा यी पिण्ड पृथ्वीको नजिक भई आफ्नो यात्रा पथमा अघि बढ्छन्। तर कहिलेकाहिँ पृथ्वीको गुरुत्वाकर्षण अथवा आफ्नो गतिले यी पृथ्वीमा खस्न पनि सक्छन्। यसै कारणले गर्दा कुनै पनि ऐस्टोरोइड पृथ्वी नजिकबाट गुज्रिदा वैज्ञानिकहरु सतर्क हुन पुग्छन्।
आउँदो २१ मार्चको बिहान यस्तै एउटा ऐस्टोरोइड पृथ्वीको नजिक आउन गइरहेको छ। यसलाई लिएर संसारभरीका ‘स्पेस एजेन्सी’ सजग भएका छन्। यस ऐस्टेोरोइड को पहिचान २३१९३७ (2001FO32) का रूपमा गरिएको छ। अमेरिकी अंतरिक्ष एजेंसी नासाका अनुसार यो ऐस्टेरोइड १००० देखि १७६४ मीटरसम्म लामो हुन सक्छ। यो खगोलीय पिण्ड ३४ दशमलब ४ किमी प्रति सेकेण्डको गतिले अघि बढीरहेको छ। नासाले गराएको जानकारीअनुसार २१ मार्चका दिन यो क्षुद्रग्रह २००१ FO ३२ पृथ्वी र चन्द्रमाको दूरीको झण्डै ५ गुना बढी दूरी अर्थात २,६१,३५१ किमी परसम्म आई अगाडि बढ्नेछ। नासाका अनुसार यो पृथ्वीमा खस्ने सम्भावना छैन तर यो निश्चय पनि खतरनाक श्रेणीको ऐस्टेरोइड (Potentially Hazardous Asteroid ) मा पर्छ। यस Potentially Hazardous Asteroid को खोज सन २००१ को २३ मार्चका दिन भएको थियो। नासाले यसलाई अपोलो श्रेणीको क्षुद्रग्रह ग्रुपमा राखेको छ। ऐस्टेरोइड बेल्टमा भएका ९७ प्रतिशत ऐस्टोइड भन्दा यसको आकार ठूलो छ।
यस ऐस्टेरोयडले सूर्यको एउटा परिक्रमा ८१० दिन मा पूरा गर्छ। परिक्रमाका क्रममा यो सूर्यसंग जम्मा ० दशमलब ३० एयु अर्थात ४ करोड़ ४८ लाख ८० हज़ार किमी टाढा हुन आउँछ। यसैगरी टाढाको स्थितिमा यो सूर्यदेखि ३ दशमलब ११ ए यु अर्थात ४६ करोड़ ५२ लाख ५६ हज़ार किमी पर पुग्छ। ठूलो डायमीटरको, कम्तीमा ८ इन्चको टेलिस्कोपको सहयोगद्वारा २१ मार्चको दिन बिहान ८ बजेदेखि ८ बजेर ३० मिनेटसम्म (१६ बजेर ३ मिनट यूटीसी समय) यस आगन्तुक पिण्डलाई हेर्न सकिन्छ। नासाका अनुसार यसपछि ३१ वर्षपछि मार्च २२ सन २०५२ मा यो ऐस्टरॉयड पृथ्वीका नजिक आउँछ। त्यों बेला यो पृथ्वीदेखि २८,३१,६५८ किमी टाढाबाट गुज्रिन्छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बलिउड फिल्ममा खलनायकको अमिट छाप बसाल्ने लोकप्रिय अभिनेता ‘डेनी’

मुम्बई: बलिउड फिल्महरू खलनायक बिना अधुरो मानिन्छ र यो चलन ६० को दशकदेखि चल्दै आएको छ। खासगरी ८० र ९० को दशकमा...

नागरिकता अधिनियम लागु गर्ने मागमा पार्टीसित क्षुब्ध भाजपा नेता

कोलकता। राज्य विधानसभा चुनावमा कड़ा प्रतिस्पर्दापछि भाजपाको असुविधा कम हुने नाम लिइरहेको छैन। अब पार्टीबाट क्षुब्ध मतुआ समुदायको वरिष्ठ नेता आफ्नो केन्द्र...

कालेबुङ क्षेत्रको बेग्लाबेग्लै ठाउँमा २ वटा घर जलेर खरानी

  कालेबुङ: कालेबुङ ग्राम पञ्चायत अधिनस्थ ८ माइल नर्सरी गाउँ निवासी अम्बर बहादुर छेत्रीको घर राती २ बजे  आगलागी हुँदा खरानी भएको छ।...

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

Recent Comments

Farindra on राेजगार