Thursday, October 21, 2021
Home अन्तर्राष्ट्रिय उत्तर कोरियाको आणविक प्लान्ट देखियो स्याटलाइट तस्वीरमा

उत्तर कोरियाको आणविक प्लान्ट देखियो स्याटलाइट तस्वीरमा

उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त प्लान्ट विस्तार गरेको स्याटलाइटको तस्वीरमा देखिएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार उत्तर कोरियाको पछिल्लो गतिविधिले बम र अन्य घातक बिस्फोटक सामाग्री उत्पादनलाई तीब्रता दिएको विज्ञहरुले बताएका छन्। उत्तर कोरियाले गएको हप्ता एउटा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो। ६ महिनामा पहिलोपल्ट गरेको सो परीक्षणपछि कोरियाली प्रायद्वीपमा तनाव सृजना भएको छ। ‘आणविक प्लान्टको बिस्तारले योङवायोन क्षेत्रमा उत्तर कोरियाले युरेनियम प्रयोग हुने घातक हतियार विस्तार गरेको देखिन्छ,’ क्यालिफोर्नियाको मिडलबरी इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका जेफ्री लिविस भन्छन्।

म्यासर कम्पनीले उपलब्ध गराएको स्याटलाईट तस्वीरअनुसार योङवायोनमा जोडिएको एउटा क्षेत्रमा युरेनियमयुक्त प्लान्ट निर्माण भइरहेको छ। १ सेप्टेम्बरमा लिइएको सो तस्वीरमा उत्तर कोरियाले रूख फाँडेर प्लान्ट निर्माण गर्न मैदान तयार गरेको देखाएको थियो। तस्वीरमा एक्जाभेटरका तस्वीर पनि प्रष्ट देखिएको थियो। त्यस्तै, १४ सेप्टेम्बरमा लिइएको दोस्रो तस्वीरमा सो क्षेत्रक वरपर एउटा अग्लो पर्खाल ठडाइएको देखिन्छ। प्लान्ट निर्माण गर्न थालिएको नयाँ क्षेत्र एक हजार वर्ग किलोमिटरको क्षेत्रमा फैलिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

मन्त्री सामडुप लेप्चाद्वारा पैहोग्रस्त क्षेत्रको निरीक्षण

गान्तोक। भारी वर्षाको कारण सिक्किमभर धेरै सडक पूर्वाधार क्षतिग्रस्त बनेको छ। य सडक तथा पुल विभाग मन्त्री सामडुप लेप्चाले  आज रम्फू पुलको...

Recent Comments

Farindra on राेजगार