Sunday, September 19, 2021
Home अन्तर्राष्ट्रिय उडिरहेको विमानमा मातेर एयरहोस्टेससित दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

उडिरहेको विमानमा मातेर एयरहोस्टेससित दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एय- रहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए। उनले दुईजना एयरहोस्टेस लाई जिस्क्याएपछि अर्की एयरहोस्टेसलाई मुक्का हानेका थिए। यति मात्र होइन बाथरुमबाट निस्किएपछि उनी सर्टबिना नाङगै विमानमा घुम्न थालेका थिए। यो घटना फ्रन्टियर एयरलाइन्सको विमानमा भएको थियो। विमान शनिबार अमेरिकाको फिलाडे- ल्फियाबाट मियामी जाँदै थियो।

एनसीबी फिलाडेल्फियाको रिपोर्टअनुसार उडिरहेको विमानमा ती यात्रुले एयरहोस्टेससँग दुर्व्यवहार शुरु गरेका थिए। सबैभन्दा पहिले उनले एक एयरहोस्टेस सँग ड्रिंक मगाएर पिए। त्यसपछि अर्की एयरहोस्टेस आउँदा उनीसँग पनि ड्रिंक मगाए। तेस्रो पट- क एयरहोस्टेस ड्रिंक लिएर आउँदा उनले दुर्व्यवहार शुरु गरे। (https://www.nbcphiladelphia. com/news/local/ man-accused-of-groping-attacking-flight-attend ants-on-plane-that-left-philly/2911666/)

रिपोर्टका अनुसार ती व्यक्तिको नाम म्याक्सवेल बेरी हो। उनी २२ वर्षका छन्। उनी नशामा एयरहोस्टेसको संवेदनशील अंग छुन थालेका थिए। उनले ड्रिंकको बोतलको साथमा एयरहोस्टेस लाई पनि समात्ने कोशिश गरे। उनलाई सहयोग गर्न केबिन क्रु आएपछि उनले केबिन क्रुको मुखमा मुक्का हानिदिए। त्यसपछि उनी बाथरुम गए। बाथरुमबाट बिना सर्ट बाहिर नि- स्किए र त्यत्तिकै जहाजमा डुल्न थाले। उनको यस्तो व्यवहार देखेपछि केही यात्रुले उनलाई यस्तो नगर्न भन्दा उनले यात्रुहरु सँगै झगडा गर्न थाले। त्यसपछि यात्रु र केबिन क्रुले उन लाई नियन्त्रण गर्नको लागि म्याक्सवेललाई सिटमा बाँधिदिए र सिट बेल्ट लगाइदिए।

फ्रन्टियर एयरलाइन्सका प्रवक्ताका अनुसार विमान अवतरण गरेपछि उनलाई गिरफ्तार गरियो। अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार यस वर्ष विमानमा दुर्व्यवहारका ३ हजार ७१५ उजुरी आएका छन्। यीमध्ये ७५ प्रतिशत यात्रुसँग सम्ब- न्धित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

गान्तोक, १९ सेप्टेम्बर २०२१। सिक्किममा गत २४ घण्टामा कोरोना संक्रमणको ६२ नयॉं मामिला अघि आएको छ भने कोरोनाको संक्रमणबाट आज कसैको मृत्यु...

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

Recent Comments

Farindra on राेजगार