‘सिक्किम इन्भेस्टमेन्ट समिट’ नोभेम्बर महिनामा

गान्तोक। नोभेम्बर महिनामा आयोजन हुने ‘सिक्किम इन्भेस्टमेन्ट समिट’ लाई लिएर पर्यटन एवं नागरिक उड्डयन विभाग, वाणिज्य एवं उद्योग विभाग र सिक्किम उद्यमशीलता र आर्थिक विकास (सीड) सोसाइटीमाझ सम्झौतामा हस्ताक्षर भएको छ। तादोङस्थित पर्यटन भवनमा भएको यस त्रिपक्षीय सम्झौतामा पर्यटन विभागको तर्फबाट प्रधान प्रमुख अभियन्ता प्रकाश छेत्री, वाणिज्य एवं उद्योग विभागको तर्फबाट निदेशक, एमएसएमई रवि कुमार र सीड सोसाइटीको तर्फबाट प्रमुख समन्वयक राज तामाङले हस्ताक्षर गरे। यस अवसरमा पर्यटन विभागका अतिरिक्त मुख्य सचिव जीपी उपाध्याय विशेष रूपमा उपस्थित थिए।

‘सिक्किम इन्भेस्टमेन्ट समिट’ सिक्किममा पहिलोपल्ट आयोजना भइरहेको यस्तो कार्यक्रम हो, जसले सिक्किमलाई पर्यटन एवं आतिथ्य, स्वास्थ्य देखभाल, पूर्वाधार, शिक्षा एवं कौशल विकास, आईटी आदि क्षेत्रमा हरित निवेशका लागि सिक्किमलाई सबैभन्दा आकर्षक राज्यको रूपमा उजागर गर्नु रहेको छ। तीन दिनसम्म चल्ने यस समिटमा देशभरिबाट प्रतिभागी/उद्यमीहरूलाई आमन्त्रित गर्ने लक्ष्य लिइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *