सेक्स हड्ताल गर्न ओर्लिए अमेरिकी महिलाहरु

नयाँ दिल्ली: अमेरिकी सर्वोच्च अदालतको आदेशविरुद्ध महिलाहरूले अनौठो सेक्स हड्ताल गरिरहेका छन्। यसअन्तर्गत उनले देशमा गर्भपतनलाई कानुनी मान्यता नदिएसम्म पुरुषसँग यौनसम्पर्क नगर्न आह्वान गरिरहेकी छन्। सामाजिक सञ्जालमा अनौठो सेक्स हड्तालको माग बढ्दै गएको छ। अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकार खारेज गरेको छ। यससँगै २६ राज्यले यसलाई प्रतिबन्ध लगाउन कानुन बनाउने विचार गरिरहेका छन्। यसबाट महिलाहरु आक्रोशित भएका छन्। यसको विरुद्ध अनौठो ढंगले आन्दोलन गरिरहेका छन्। यो आन्दोलनमा महिलाले पनि पुरुषसँग सहयोग खोजिरहेका छन्।अमेरिकी महिलाहरूले गर्भपतनको अधिकारलाई पुनर्स्थापित गर्न संघीय कानून पारित नभएसम्म पुरुषहरूलाई यौनसम्पर्कबाट टाढा रहन आग्रह गर्न सामाजिक सञ्जालमा जाँदैछन्। सामाजिक सञ्जालमा अनौठो ह्यासट्यागसहित हडताललाई लिएर अभियान चलिरहेको छ। गर्भधारण गर्न नसक्ने भएकाले कुनै पुरुषसँग यौनसम्पर्क नगर्ने महिलाको भनाइ छ। ‘पतिसँग सम्बन्ध पनि राख्दैनौं। जबसम्म हामी गर्भवती हुन चाहँदैनौं, हामी सेक्स गर्दैनौं’, उनीहरुको भनाइ यस्तो छl   

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *